श्याम घिमिरे चैत्र २८ अर्घाखाँची
जिल्ला आर्थिक गणना कार्यालय अर्घाखाँचीको आयोजनामा आर्थिक गणना कार्यक्रम बारे सरोकारवाला पक्षलाई जानकारी दिने उद्धेश्यले बुधबार जिल्ला स्तरीय गोष्ठी सन्धिखर्कमा सम्पन्न गरेको छ ।
कार्यालयका आर्थिक गणना अधिकृत महेश प्रसाद बोहराले वैसाख १ गतेबाट आर्थिक गणना सुरु गरिने बताउनु भयो । उहाँले राष्ट्रिय योजना आयोग केन्द्रीय तथ्यांक बिभाग अन्र्तगत कार्यालयले देशै भर पहिलो पटक आर्थिक गणना सुरु गर्न लागीएको पनी जानकारी दिनु भयो ।
चैत्र १ गते बाट सन्धिखर्कमा कार्यालय स्थापना गरेर गणनाको प्रक्रिया अघि बढाइएको र २०७५ को असार मसान्त सम्म कार्यालयले जिल्लाको आर्थिक अवस्थाका बारेमा सबै तथ्यांक संकलन गर्ने कार्यालयका सुपरिवेक्षक गणेश मरासिनीले बताउनु भयो । आर्थिक गणनाका लागि २७ जना गणकहरु नियुक्ती समेत गरीएको छ ।
जिल्लाका उद्योगी, व्यापारी, कृषि समुह, फर्म,कृषक समुह , संघसंस्थाहरु, वित्तिय संस्था , सहकारी, विद्यालयहरु, हस्पिटल, सञ्चार माध्यम लगायतका निकायको आर्थिक तथ्यांक तयार पारिने कार्यालयले जनाएको छ । कार्यक्रमले देशको अर्थतन्त्रको अवस्था उजागर हुने विश्वास लिएको अधिकृत बोहोराले बताउनु भयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष पिताम्बर शर्मा भुसाल,उपाध्यक्ष रीषि बहादुर पुलामी,सन्धिखर्क नगर प्रमुख कमल भुसाल,उपप्रमुख ठाकुर बिक,प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल,नेकपा एमालेका उपाध्यक्ष जिबनारायण कोईराला, नेपाली काँग्रेसका सभापति बिष्णुप्रसाद खनाल मुस्कान,राजमोका केन्द्रीय सल्लाहकार यमलाल पोख्रेल,उद्योग बाणीज्य संघका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ,पत्रकार महासंघका अध्यक्ष हिम जिसी लेकाली लगायलले मनतब्य राख्दैे आर्थिक गणना अभियानलाई सक्दो सहयोग गर्ने पतिवद्धता समेत जनाउनु भएको थियो ।