सहयोगी बिसि चैत्र २१ अर्घाखाँची
निबृत्त राष्ट्रसेबक समाज नेपाल अर्घाखाँचीको बैठक आज सन्धिखर्कमा सम्पन्न भएको छ । जिबनको उर्बर एवं सिर्जनशिल समयलाई राष्ट्रसेवाको काममा ब्यतित गरि सेवा निबृत्त भएपछि आफ्नो अनुभव र दक्षताले भरिएको बाँकी समयलाई समेत सदुपयोग गरि समाज र राष्ट्रसेवामा योगदान पु¥याउने उद्देश्यले खोलिएको सो समाजको बैठकले आगामी बैशाख १५ गते सम्ममा अर्घाखाँची जिल्लाका ६ बटै पालिकामा अधिबेशन गर्ने निर्णय गरेको छ ।
अधिबेशन सम्पन्न गर्न मालारानी गाउँपालिकामा भिमलाल आचार्य ,कमल प्रसाद घिमिरे ,नारायण खनाल ,बुद्धिराम गैरे भुमेकास्थान नगरपालिकामा पिताम्बर बन्जाडे , बिष्णु प्रसाद भुसाल ,जिबनारायण खनाल र दुर्गा प्रसाद पौडेल ,छत्रदेब गाउँपालिकामा बिष्णु प्रसाद बस्याल ,टामलाल पाण्डे ,चक्रपाणी खनाल रेशमराज भुसाल ,पुष्पा न्यौपाने पाणिनी गाउँपालिकामा बिष्णु प्रसाद बस्याल ,दुर्गा पौडेल पिताम्बर बन्जाडे , लेख बहादुर टन्डन ,रामनाथ घिमिरे ,बिष्णु प्रसाद भुसाल शितगंगा नगरपालिकामा बलदेब भुसाल बिष्णु प्रसाद आचार्य ,भिम बहादुर केसि,नारायण खत्री , खेमराज आचार्य र सन्धिखर्क नगरपालिकामा जिल्ला कार्यसमितिका पदाधिकारी लाई जिम्मा दिने निर्णय समेत गरेको छ ।
संस्थामा राज्यकोषबाट पेन्सन पाउने प्राध्यापक ,शिक्षक ,निजामती ,सेना ,प्रहरी ,शसत्र प्रहरी न्यायसेवा तथा संघ संस्थाका अबकास प्राप्त ५४ जना आजिबन सदस्य र झन्डै ४ सय साधारण सदस्य रहेका छन । बैठक समाजका केन्द्रिय सह अध्यक्ष पिताम्बर बन्जाडे,महासचिव बिष्णु प्रसाद बस्याल केन्द्रिय सदस्य बिष्णु प्रसाद आचार्यको विशेष आतिथ्यता र जिल्ला अध्यक्ष बलदेब भुसालको अध्यक्षतामा सम्पन्न भएको थियो ।