श्याम घिमिरे चैत्र २१ अर्घाखाँची
सन्धिखर्क नगरपलीकाका प्रमुख कमल प्रसाद भुसालले सन्धिखर्क नगरलाई स्मार्ट सिटीको परि कल्पना गरि नमुना नगर बनाउने गरि काम भैरहेको बताउनु भएको छ ।
६१ औं सहकारी दिबसको अबसरमा त्रिबेणी बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको बृहत सरसफाइ कार्यक्रममा मनतब्य राख्दै प्रमुख भुसालले यस्तो बताउनु भएको हो । उहाँले सन्धिखर्क नगरपालिकालाइ भ्रष्टाचार मुक्त नगर बनाउने अभियानमा आफुहरु लागेको पनि बताउनु भएको थियो ।
नगरलाई उत्पादनमुखी कार्यक्रममा अगाडी सारेर दूध, अण्डा, मासु, तरकारी, मसलाबाली लगायत उत्पादनमा वृद्धि गर्ने गरी काम थालिएको भन्दै नगरवासीहरुका सबैखाले समस्याहरुलाई क्रमश हल गर्दै जाने प्रयासमा आफुहरु लागी परेको बताउनु भएको थियो ।
साथै प्रमुख भुसालले सन्धिखर्क नगरपालिका सबैभन्दा बढी विकास र सम्भावना भएको नगर भएकोले विकासका पूर्वाधार शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, जलविद्युत, खानेपानी, सिँचाइ सुविधा लगायतका सेबाहरु उपलब्ध गराउने गरी काम थालेको बताउदै उक्त कार्यमा सबैको सहयोगको अपेक्षा गरेको बताउनु भएको थियो ।
त्यस्तै प्रमुख भुसाले नगरपालीका भित्र दलिल,जनजाती,महिला,अपाङ्ग,बृद्धाबृद्ध,युबा लगायतलाई लक्षीत गरी बिभिन्न कार्यक्रहरु ल्याउने पनी बताउनु भएको थियो ।
सरसफाइ कार्यक्रममा सस्थाका शेयर सदस्य तथा सर्बसाधारण लगायत दारी ग्याङ्गको समेत सहभागीता रहेको थियो । समापन कार्यक्रम सस्थाका अध्यक्ष चन्द्र बन्जाडेको अध्यक्षता र तुल्सी खनालको सन्चालनमा सम्पन्न भएको थियो ।