एसईई परीक्षा सम्पन्न

भक्तपुर, चैत १७ – कक्षा १० को अन्तिम परीक्षाको रुपमा रहेको माध्यमिक शिक्षा परीक्षा अर्थात एसईई परीक्षा शनिबारबाट सम्पन्न भएको छ ।

गएको ८ गतेबाट सुरु भएको एसईई परीक्षाको प्राविधिक धारतर्फ बाहेकको सम्पूर्ण परीक्षा देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएको परीक्षा नियन्त्रणक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

देशभरका १ हजार ९ सय ५६ परीक्षा केन्द्रबाट ४  लाख ८५ हजार ५ सय ८६ परीक्षार्थीले परीक्षा दिएको रेग्मीले जानकारी दिनुभयो । प्राविधिक धारतर्फको परीक्षा भने आउँदो २० गतेसम्म सञ्चालन हुनेछ ।

परीक्षामा अनियमितता गर्ने दुई जना केन्द्राध्यक्षलाई निष्काषण गरिएको र चारजना निरीक्षकलाई कारवाही गरिएको बाहेक परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न भएको नियन्त्रक रेग्मीको भनाई छ ।

Advertisement

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.