काठमाडौं : अस्थायी रुपमा कार्यरत सामूदायिक विद्यालयका शिक्षकलाई स्थायी गर्न शिक्षक सेवा आयोगले सञ्चालन गर्न लागेको परीक्षा स्थगित भएको छ। आयोगले शुक्रबार परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।
अस्थायीलाई मात्र आन्तरिक प्रतिस्पर्धा गराएर स्थायी गराउने सरकारी तयारी अव्यवहारिक रहेको र सम्पूर्ण अस्थायी शिक्षकलाई आन्तरिक परीक्षामा सहभागी गराउनुपर्ने माग गर्दै छुट्टाछुट्टै आमरण अनशनमा बसेका समूहको माग पुरा गराउने सम्बन्धमा छलफल गर्न तत्कालका लागि परीक्षा स्थगित गरिएको आयोगका अध्यक्ष ताना गौतमले बताए।
अस्थायी शिक्षकलाई मात्र स्थायी प्रक्रियामा सहभागी गराउन नहुने भन्दै शिक्षा शास्त्र संकाय पढेका विद्यार्थीहरु माइतीघर मण्डलामा र सबै अस्थायी शिक्षकलाई परीक्षामा सहभागी गराउनुपर्ने माग गर्दै शिक्षकको एक समूह भद्रकालीमा आमरण अनशनमा छन्।
source :annapurnapost