नेपाल नाइ संघ अर्घाखाँचीको आयोजना र सन्धिखर्क नगरपालिकाका सहयोगमा एक महिने कपाल काट्ने तालिम सन्धिखर्कमा सुरु भएको छ ।
तालिमको सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले उद्घाटन गर्नु भएको हो । तालिमको उद्घाटन गर्दै भुसालले कपाल काट्ने व्यवसायबाट राम्रो आम्दानी गर्न सकिने हुँदा तालिम गरिसकेपछि व्यसाय गर्न प्रशिक्षार्थीहरुलाई आग्रह गर्नु भएको छ ।
उहाँले कपाल काट्ने व्यवसायमा पछिल्लो समयमा पहाडी मुलका मानिस समेत लागेको भन्दै खुसी व्यक्त गर्नुभयो । कुनै पनि व्यवसाय कुनै जाति विशेषको नहुने भन्दै उहाँले काम सिकेर व्यवसायमा लाग्नु सबै भन्दा राम्रो हुने बताउनु भएको छ ।
कार्यक्रम नाइ संघका अध्यक्ष दिनेश ठाकुरको अध्यक्षता र तारा घिमिरेको सञ्चालनमा सम्पन्न भएको हो । तालिममा २० जना प्रशिक्षार्थीहरु सहभागी छन् ।