एकीकृत ग्रामीण विकास समाज अर्घाखाँचीको आयोजनामा छत्रदेब गाउँपालिका ७ भगवतिमा स्थानीय सभा सम्पन्न भएको छ । पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत भगवतिमा भएको कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि तथा बिपद व्यवस्थापन सम्बन्धी सवालहरुमा छलफल गर्दै स्थानीय सभा सम्पन्न भएको हो ।
कार्यक्रममा स्थानीय सभाका संयोजक तथा वडा अध्यक्ष शोभाखर पाण्डेले पारस्परिक जवाफदेहिता परियोजना सुशासन अभिबृद्धि गर्न सघाउ पु¥याउने माध्यम बनेको बताउनुभयो । पाण्डेले परियोजना सञ्चालनमा आएपछि शिक्षा, स्वास्थ्य र कृषिका सानो सानो कार्यमा आएको सुधारले सेवाग्राही लाभ लिएको बताउनुभयो ।
उहाँले कुनै पनि सार्वजनिक निकायमा गुनासो पेटिका, गुनासो सुनुवाई सम्यन्त्रको व्यवस्था हुँदा पनि सुशासन अभिबृद्धिमा सघाउ पु¥याउनुभयो । स्थानीय सभाले वडा तहका समस्या तथा सवालहरुमा छलफल गरी वडा तहमै समाधान गर्न र वडातहमा समाधान नहुने समस्या तथा सवाललाई जिल्ला तहमा पु¥याउन सघाउ पुगेको पनि बताउनुभयो । सरस्वति माबिका प्राचार्य ठाकुर प्रसाद पाण्डेले परियोजनाले वडामा सुशासन साथै शिक्षा स्वास्थ्य र कृषिको सेवा प्रवाहमा गुणस्तरीयता ल्याएको बताउनुभयो ।
भगवति स्वास्थ्य चौकी इन्चार्ज ठाकुर प्रसाद पाण्डेले आफुहरुले गर्ने छलफलले वडा तहमा स्वास्थ्य सेवामा काम गर्दा सचेत बनाएको बताउनुभयो । कृषि क्षेत्रमा आफुले पाउने सेवाको बारेमा जानकारी र प्रदान गर्ने सेवाको बारेमा कृषकहरु सचेत हुने गरेको कृषि प्राबिधिक प्रकास घिमिरेले बताउनुभयो । युएसएआईडीको आर्थिक सहयोग, एफएच आई ३६० र एकीकृत ग्रामीण विकास समाज गुल्मीको सहकार्यमा सञ्चालित पारस्परिक जवाफदेहिता परियोजनाले स्थानीय सभामा बिभिन्न वडा तहमा उठेका सवालमा छलफल गरी समाधानको लागि पहल गर्दै आएको संस्थाका जिल्ला अध्यक्ष हृदय कुमार भुसालले बताउनुभयो ।
कार्यक्रम स्थानीय सभा संयोजक शोभाखर पाण्डेको अध्यक्षता र पारस्परिक जवाफदेहिता परियोजना जिल्ला कार्यक्रम अधिकृत बसन्त श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।