श्याम घिमिरे चैत्र १२ अर्घाखाँची
मितज्यु सामाजिक बिकास केन्द्र द्धारा सुपा देउराली प्रवेश द्वारको शिल्यानास कार्यक्रम आईतबार सम्पन्न भएको छ । मितज्यु सामाजिक विकास केन्द्रले कपिलवस्तु जिल्लाको बुद्धभुमि नगरपालिका वार्ड नम्बर– २ गोरूसिंगे चोकमा जिल्लाको प्रसिद्ध मन्दिर सुपा देउराली प्रवेश द्वार गेट निर्माण गरि कपिवस्तु र अर्घाखाँची जिल्ला भित्र रहेका विभिन्न धार्मिक, पर्यटकीय ,ऐतिहासिक ,पुरातात्विक कुरालाई झल्काउने मुख्य उद्धेश्यका साथ सुपा देउराली प्रवेश द्वार गेटको निर्माण गरी देश विदेशसम्म प्रचारप्रसार गरि अर्घाखाँची जिल्लामा आन्तरिक तथा बाह्य पर्यटकहरु भित्राई समृद्ध अर्घाखाँची बनाउने मुलमन्त्रका साथ गेट निर्माण गर्न लागिएको आयोजकले जनाएको छ ।
द्वारको आइतबार एक समारोह बीच पुर्व उपप्रधानमन्त्री तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीले शिलान्यास गर्नु भएको हो ।
गोरुसिङगेमा सम्पन्न भएको कार्यक्रममा प्रदेश सांसदद्धय चेतनारायण आचार्य, रामजि घिमिरे त्यस्तै सन्धिखर्क नगरपालिका प्रमुख कमल प्रसाद भुसाल सितगंगा नगर प्रमुख सुर्य प्रसाद अधिकारी, बुद्धभुमी नगरपालीका प्रमुख केशवकुमार श्रेष्ठ,सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बिक, सनपा १ का अध्यक्ष युवराज बन्जाडे, निर्माण ब्यबसायी नारायण प्रसाद बन्जाडे, नेपाली काँग्रेसका नेता कृष्णप्रसाद खनाल, पोखरा अर्घाखाँची सम्पर्क समाजका महासचिव लिला बहादुर जीसी, प्रहरी निरीक्षक मनोहर श्रेष्ठ , नेपाल विधुत प्राविधिकरण तौलिहवा शाखा प्रमुख कृष्ण पौडेल ,कृष्ण खनाल , बसन्त श्रेष्ठ , तोज बहादुर रायमाझी , डिजाइनर एल पि पान्डे, गायक कमल सौराग,लगायतको उपस्थीति रहेको थियो ।
कार्यक्रम युवराज थापाको अध्यक्षता र योगेन्द्र चौहानको सन्चालनमा सम्पन्न भएको हो । गेट निर्माणका लागि मितज्यु नामक संस्थाले लगानि गर्ने भएको खबरमा जनाईएको छ ।