बन्ने भो अर्घाखाँचीमा एयरपोर्ट

प्रेमनारायण आचार्य चैत्र ११ अर्घाखाँची

अर्घाखाँची, चैत ११ – अर्घाखाँचीको सन्धिखर्कमा निर्माण हुने अर्घा भगवती  विमानस्थलको शिलान्यास भएको २१ महिनापछि बल्ल विमानस्थल बन्ने क्षेत्रमा रुख कटान सुरु भएको छ ।

सन्धिखर्क नगरपालिका  वडा नम्बर १० धरम्पानीको शिखरबार्नीमा निर्माण हुन थालेको   विमानस्थलको २०७३ सालको असार १३ गते तत्कालीन नेपाल सरकारका उपप्रधान तथा उर्जा मन्त्री टोप बहादुर रायमाझीले शिलान्यास गर्नुभएको थियो ।

शिलान्यास भएको २१ महिनापछि शनिबार रातिबाट मात्र रुख कटान सुरु गरिएको छ । एउटा सल्लाको रुख काटेर पूर्व उपप्रधानमन्त्री तथा सांसद टोपबहादुर रायमाझीले रुख कटान सुरु गर्नुभएको हो ।

पूर्व उपप्रधानमन्त्री रायमाझीले अबको तीन वर्षमा विमान नियमित उडान गर्न मिल्ने गरी काम अगाडि बढ्ने बताए । वनमा रुख कटानको प्रक्रिया नमिलेका कारण निर्माणको काम अगाडि बढ्न नसकेको उहाँले बताउनुभयो ।

विमानस्थल बन्छ र छिटो छरितो यात्रा गर्न पाइएला भनेर आश गरेर बसेका अर्घाखाँचीका नागरिक विमानस्थल नबन्ने त हैन भनेर चिन्ता गर्न सुरु  गरिसकेका थिए । रुख कटान सुरु भएपछि अब ढिलै भए पनि विमानस्थल बन्छ भन्नेमा स्थानीय तथा जिल्लाबासीहरुले आशा गर्न थालेका छन ।

अहिले अर्घाखाँचीका नागरिक सन्धिखर्कबाट रुपन्देहीको भैरहवामा गएर हवाई यात्रा गरिरहेका छन । आफ्नै जिल्लामा विमानस्थल भएमा बिहान काठमाडौं गई काम सकेर साँझ घर फर्कन सक्ने सपना देखेका जिल्लाबासीको सपना पूरा हुन कति वर्ष लाग्ने हो त्यो भने हेर्न बाँकी छ ।

Advertisement

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.