अर्घाखाँचीबाट ३ हजार ७ सय विद्यार्थीले एसईई परिक्षा दिने ।

श्याम घिमिरे चैत्र ५ अर्घाखाँची

यही चैत्र ८ गते विहीवार विहान ८ बजे देखि देशभर सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा अर्घाखाँची जिल्लाबाट करीब ३७ सय परीक्षार्थी सहभागि हुने भएका छन् ।

जिल्लाका विभिन्न १६ वटा परीक्षा केन्द्रहरुबाट सन्चालन हुने परीक्षाका लागी नियमित तर्फ छात्र १५८५ र छात्रा १९३३ गरी जम्मा ३ हजार ५ सय १८ जनाले परीक्षा फर्म भरेपनी ८९ जना परीक्षार्थीहरुभने अयोग्य भएका छन । त्यस्तै एक्जाम्टेड ग्रेडबृद्धि तर्फ १ मात्र परीक्षा केन्द्र निर्धारण गरीएको छ । जसमा १ सय २५ छात्रा र ५२ जना छात्र गरी जम्मा १७७ जना परीक्षार्थीहरु परीक्षामा सहभागी हुदैछन ।

यस्तै प्राविधिक बिषयतर्फ ५३ जना गरी कूल ३ हजार ६ सय ५९ परीक्षार्थीले एसईई परिक्षा दिदै छन भने ३ जना परीक्षार्थीहरु आंशिक दृष्टीबिहिन रहेको जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीका जिल्ला शिक्षा अधिकारी लिलबहादुर राउत क्षेत्रीले जानकारी दिनु भयो ।

परीक्षाका लागि १७ केन्द्राध्यक्ष १९ सहायक केन्द्राध्यक्ष १६५ निरीक्षक ८७ जना सहयोगी कर्मचारी र सुरक्षाका लागि प्रत्येक केन्द्रमा १५ जनाका दरले २५५ जना सुरक्षाकर्मी खटीने छन । परीक्षाको लागी आवश्यक सम्पूर्ण तयारी पूरा भएको जिल्ला शिक्षा अधिकारी राउतले बताउनुभयो ।

यसैबीच यस बर्षको एसईई परिक्षालाई मर्यादित र ब्यबस्थीत रुपमा सम्पन्न गर्न जिल्लामा रहेका सरोकारवाला निकायहरुले आग्रह समेत गरेका छन् ।

 

Advertisement

अर्घामा ९ वटा भुस्याहा कुकुर मारीयो ।

श्याम घिमिरे ,चैत्र ५ सन्धिखर्क
सन्धिखर्क नगरपालीका वडानम्बर ९ को पहलमा अर्घामा आईतबार नौवटा भुस्याहा कुकुरलाई मारीएको स्थानीयले बताएका छन ।

गाँउमा कुकुरले स्थानीयका करीब दुई दर्जन भन्दा धेरै बाख्रा,गोरु,बाच्छाबाच्छी र पाडापाडी माथी आक्रमण गर्दागर्दे पछिल्लो समयमा मानीसमा समेत आक्रमण गर्न थालेपछी कुकुरलाई सन्धिखर्क नगरपालीकाको समन्वय तथा प्रहरी चौकी बिहार , जिल्ला पशुसेबा कार्यालय सन्खिर्क र स्थानीय बासीन्दाको उपस्थितिमा बिहान सात बजेदेखी साँझसम्म घेराहाली मारीएको स्थानीय शिक्षक बलबहादुर रायमाझीले जानकारी दिए ।

अमेरिका हिँडेका ६ नेपाली टोगोमा अलपत्र

काठमाडौँ — मानव तस्करको सञ्जालबाट अमेरिका भनेर हिँडेका ६ जना नेपाली पश्चिम अफ्रिकी मुलुक टोगोमा अलपत्र परेका छन् ।

अलपत्र पर्नेमा बाग्लुङका महेश्वर आचार्य, कमलबहादुर घर्ती, मनबहादुर श्रीस पुन र अशोक पौडेल तथा सिन्धुपाल्चोकका जीवन श्रेष्ठ र सोनाम छिरी शेर्पा रहेका छन् ।
गैर आवासीय नेपाली संघका नाइजेरियास्थित केन्द्रीय कोषाध्यक्ष हिक्मत थापाका अनुसार झण्डै ६ महिनादेखि टोगोमा अलपत्र रहेका पीडितहरुले हालै आफ्नो उद्धारका लागि आग्रह गरेका हुन् । पीडितमध्ये बाग्लुङ–६ घर भएका महेश्वरका बुवा रुद्रनारायण शर्माले दिएको जानकारीमा उनका छोरा अमेरिका जान भनेर गत वर्ष मंसिरमा हिँडेका हुन् । ‘दलालको लहैलहैमा लागेर अमेरिका जान छोरो हिँडेको हो, उसको यात्राका लागि दलाललाई २५ लाख रुपैयाँ बुझाएको थिएँ,’ रुद्रनारायणले फोनमा भने- ‘घरबाट निस्केपछि २ महिना दिल्ली, ३ महिना थाइल्यान्ड, ४ महिना नाइजेरिया राखिएको रहेछ । बितेको ६ महिनादेखि टोगो भन्ने देशको राजधानीमा एउटा होटलमा राखिएको छ भन्ने खबर पाएको छु ।’ उनले आफ्नो छोरासहित सबै अलपत्र परेकालाई घर फिर्ता ल्याउन काठमाडौं आएर परराष्ट्र मन्त्रालयमार्फत अनुरोध गर्ने तयारी भइरहेको बताए ।
अलपत्र पर्नेमध्ये सिन्धुपाल्चोक, बाह्रबिसेका सोनाम छिरी शेर्पाकी श्रीमती केसाङका अनुसार उनका श्रीमान् सोनाम ७ महिनाअघि अमेरिका जान भनी घरबाट निस्किएका हुन् । ‘दलाललाई ३५ लाख रुपैयाँ बुझाएको भन्ने मलाई थाहा छ,’ उनले भनिन्-‘दलालको बोलीमा भर परेर विदेश नजानु भनेकै हुँ, अहिले अलपत्र परेका रहेछन् भन्ने सुनेकी छु ।’ अलपत्र नेपालीका साथमा राहदानी र अरु कागजात समेत नरहेकाले तथा घरफिर्ती टिकटका लागि खर्च समेत नरहेकाले टोगोस्थित गैरआवासीय नेपालीको समन्वय जुटाएर पीडितले घर फिर्न चाहेका छन् ।
पीडितका अनुसार उनीहरुलाई पोखरा बस्ने जिसन श्रीस (राजु), थाइल्यान्ड बस्ने गोविन्दराज भारती र काठमाडौं बस्ने पर्सा घर भएका मोहन श्रेष्ठ (सुरैन)ले अमेरिका लैजाने भनेर अलपत्र पारेका हुन् । ‘पीडितलाई घर फर्काउन गैरआवासीय नेपाली संघको काठमाडौं मुख्यालयले कानुनी परामर्शदाता उपलब्ध गराउँदै आवश्यक सहयोग उपलब्ध गराउने भएको छ,’ कोषाध्यक्ष थापाले कान्तिपुरसँग फोनमा भने ।
Source: kantipur