महाधिवेशनमा आएका आठ जना घाइते

चितवन, चैत ४ – मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेका तीन सवारी साधन ठोक्किँदा आठ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबार बिहान १०ः३० बजे भरतपुर महानगरपालिका–३ आँपटारी नजिक मुग्लिनतर्फबाट आउँदै गरेका सवारी ठोक्किएका थिए ।

प्रहरीका अनुसार बा १८ च १३२२ नं को कारले ब्रेक लगाएपछि पछाडिबाट आउँदै गरेको बा १७ च ५१३५ नं को स्कारपियो कारमा ठोक्किएको थियो । स्कारपियोको पछाडिबाट आउँदै गरेको ग १ ख ५९२५ नं को ट्रक स्कारपियोमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइते भएका आठ जनामध्ये सात जनाको चितवन मेडिकल कलेज र एक जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

कार र स्कारपियोमा आउँदै गरेका यात्रु निजामती कर्मचारी युनियन ९संघ०को महाधिवेशनमा सहभागी हुनआएका प्रतिनिधि हुन् । ट्रकका चालक र सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

– रासस

कर्मचारीलाई स्वेच्छिक अवकाश दिँदा लाग्ने ३० अर्बले ३०० मेगावाट बिजुली

चैत ४, २०७४ काठमाडौं : शेरबहादुर देउवा नेतृत्वको सरकारले समायोजनमा जान नचाहने कर्मचारीका लागि स्वेच्छिक अवकाशको आकर्षक प्याकेज ल्यायो। एकमुष्ट सात वर्षसम्मको पेन्सन सुविधा एकैपटक बुझेर घर जान पाइने भएपछि सेवाअवधि लगभग सकिन लागेका कर्मचारीलाई भनेजस्तै भयो। पियन र खरिदार मात्रै होइन, अधिकृतदेखि सचिवसम्मले अवकाशका लागि निवेदन दिए। नौ हजार पाँच सय ९१ कर्मचारी स्वेच्छिक अवकाश लिन तयार भए। जबकि यी कर्मचारीलाई बिदाइ गर्दा कम्तीमा ३० अर्ब आर्थिक भार पर्ने सरकारी अनुमान छ। सेवाअवधि सकिन लागेका धेरै कर्मचारी यो प्याकेजमा आकर्षित भएपछि वर्तमान सरकारले प्याकेज नै रद्द गर्ने तयारी थालेको छ। प्रधानमन्त्री केपी ओलीकै चाहनाअनुसार प्रक्रिया अगाडि बढ्न लागेको स्रोतले जानकारी दियो। ३० अर्ब सदुपयोग गरौँ

अर्थतन्त्र संकुचनको अवस्थामा स्वेच्छिक अवकाशको प्याकेज रद्द गरेर उक्त बजेट विकासमा लगाउनुपर्ने पूर्वप्रशासकहरूको सुझाव छ। पूर्वमुख्यसचिव विमल कोइराला ३० अर्ब रुपैयाँ जलविद्युतमा लगानी गरे करिब ३०० मेगावाट विद्युत् उत्पादन गर्न सकिने बताउँछन् । यो बजेटले एउटा भव्य नयाँ सहर निर्माण गर्न सकिने पनि उनले बताए। सडकतर्फ लगानी गरे सयौँ किलोमिटर राजमार्ग निर्माण गर्न सकिने उनको सुझाव छ।
source:नयाँ पत्रिका

उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्वाचित घोषणा आज हुने

काठमाडौं, चैत ४ – उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्विरोध निर्वाचित भएको घोषणा आज हुँदैछ । उपराष्ट्रपतिका लागि हिजो उहाँको मात्रै उम्मेदवारी परेपछि उहाँ दोस्रो कार्यकालका लागि निर्विरोध उपराष्ट्रपति बन्ने निश्चित भएको हो ।

चुनावी प्रक्रिया पूरा गरी उहाँलाई निर्वाचित भएको घोषणा गर्ने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ । उपराष्ट्रपति पुनले पहिलो कार्यकालमा आफूले कुनै विवादास्पद काम नगरेको भन्दै दास्रो कार्यकालमा पनि विवादमा आउने काम नगर्ने प्रतिवद्धता जनाउनुभयो । पुनलाई नेकपा एमाले र नेकपा माओवादीका नेताहरुले प्रस्ताव र समर्थन गरेका छन् ।

राष्ट्रियसभाको उपाध्यक्षका लागि आज मतदान हुने

काठमाडौं, चैत ४ – राष्ट्रियसभाको उपाध्यक्ष  चयनका लागि आज मतदान हुँदैछ ।

संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालका अनुसार उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका शशिकला दाहाल र नेपाली काँग्रेसका वृन्दादेवी आले राना उम्मेद्वार हुनुहुन्छ । चुनावमा अध्यक्ष बाहेक ५८ जनाले मतदान गर्नेछन् ।

दाहाललाई बाम गठबन्धनको समर्थन भएकाले उहाँ राष्ट्रियसभाको अध्यक्ष निर्वाचित हुने निश्चित जस्तै छ ।