ठुलापोखरामा धार्मिक महोत्सव सुरू, १५ लाख दान संकलन ( फोटो फिचर)

ठुलापोखरामा धार्मिक महोत्सव सुरू, १५ लाख दान संकलन (भिडियो तथा फोटो फिचर)

घनश्याम पौडेल
सन्धिखर्क, ४ चैत्र । छत्रदेव गाउँपालिकाको ठुलापोखरामा मालिका धार्मिक महोत्सव सुरू भएको छ । नेपालको इतिहासमा प्रथम पटक वृन्दावनकै आकारमा श्री गोवद्वन प्रवर्द्धन गर्ने र द्वादश ज्योतिष लिङ्ग निर्माण गरि मालिका मन्दिर परिसरलाई धार्मिक पर्यटन क्षेत्रको रूपमा विकास गरि विश्व भरि चिनाउँने उदेश्यका साथ आयोजित मालिका धार्मिक महोत्सवको पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले गरे ।

महोत्सवको उद्घाटन गर्दै रायमाझीले धर्म, कर्म संस्कृतिको रक्षा र विकास गर्ने उदेश्यले गरिएको महोत्सवले विकास निर्माणको लागि जागरण पर्व भएको औल्याए । उनले धार्मिक महोत्सवले जिल्ला सहित देशभरको विकासका लागि महत्त्वपूर्ण योग्दान पु¥र्याउँने बताउँदै महोत्सवहरू भईरहनुपर्छ सहयोगका लागि तयार छु रायमाझीले भने ।

अर्घाखाँची जिल्ला प्रतिनिधि सभाका सांसद समेत रहेका रायमाझीले अब जिल्लालाई समृद्ध बनाउँन ईमानदारीता, ईच्छाशक्ती, अनुशासित भएमा मात्रै समृद्ध बनाउँन सकिने बताए ।  फरक प्रसंगमा रायमाझीले अर्घाखाँचीलाई पाचँ वर्ष भित्रमा सवै वडाहरुमा पिचँ बाटो पु¥याउँने, खानेपानीको समस्या नहुँने गरी खानेपानी समस्याको समाधान गर्ने, धार्मिक पर्यटकिय स्थलहरुको प्रचारप्रसार तथा पर्यटकहरु जिल्लामा भित्रयाउँने गरी अगाडी बढेको बताउँदै ५ वर्षमा नमुना जिल्ला बनाउँने उदघोष गरे । महोत्सवका आकर्षक चर्चित धार्मिक व्यक्तीत्व भुवन गुरुको मुखार विन्दुबाट प्रवचन हुने छ ।

छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले महोत्सवले लिएको लक्ष्य पूरा गर्नका लागि सहयोग गर्ने बताउँनुभयो । उहाँले महोत्सवलाई सम्पन्न गर्नका लागि गाउँपालिकाले सहयोग गर्ने बताउँदै गाउँपालिका भरि धार्मिक पर्यटकीय क्षेत्र बनाउँन लागीपर्ने बताए ।

प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले धार्मिक महोत्सवले समृद्धीका खुड्किलामा अगाडि बढन कोसेढुंगा सावित हुने उल्लेख गरे ।
जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. लोकनाथ पौडेलले मालिकाको विकासका लागि २ लाख ६६ हजार ६ सय ६ दान गरे ।

महोत्सवको उदघाटन सत्रमा जिल्ला प्रहरी कार्यालयका प्रमुख एकनारायण कोईराला, गाउँपालिकाका प्रशासकिय अधिकृत भेषराज पन्त, कांग्रेसका जिल्ला सचिव विष्णु भुसाल, पत्रकार घनश्याम पौडेल, समाजसेवी तथा दानदाताहरू गणेशप्रसाद भट्टराई, ज्ञानप्रकाश पौडेल, नेत्रप्रसाद पाण्डे, शोभाखर बन्जाडे, दुर्गा पौडेल लगाएतले महोत्सव सफलताको शुभकामना व्यक्त गरे ।                          

धार्मिक महोत्सव मुल संरक्षण समितिका संयोजक भोला पौडेलको अध्यक्षता, वडा अध्यक्ष तथा महोत्सव संरक्षण समितिका संयोजक कमल पौडेलको स्वागत र पिताम्बर खनालको सञ्चालनमा सम्पन्न भएको हो । धार्मिक महोत्सवको सुरुको दिनमा नै करिव १५ लाख दान संकलन भएको प्रचारप्रसार समितीका संयोजक धनिश्वर पाण्डेले जानकारी दिए ।

                  तस्विर तथा भिडियो घनश्याम पौडेल 

Image may contain: 7 people, crowd and outdoorImage may contain: 13 people, outdoorImage may contain: 10 people, people smiling, crowd and outdoorImage may contain: 11 people, people sittingImage may contain: 8 people, people standing, crowd and outdoorImage may contain: 10 people, crowd and outdoorImage may contain: 5 people, people smiling, crowd and outdoorImage may contain: 9 people, people standing and outdoorImage may contain: 8 people, people standing, crowd and outdoorImage may contain: 5 people, people standing and outdoorImage may contain: 2 people, outdoorImage may contain: 6 people, people smiling, people standing, crowd and outdoorImage may contain: 4 people, people smiling, people sittingImage may contain: 7 people, crowd and outdoorImage may contain: 8 people, crowd and outdoorImage may contain: 5 people, crowd and outdoorImage may contain: 7 people, crowd and outdoorImage may contain: 12 people, including Indramani Paudel, people sitting and outdoor

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.