आठ वर्षीय बालकको हत्या

शैलेन्द्र महतो

धनुषा, चैत ४ – धनुषाको कमला नगरपालिकामा एक बालकको हत्या भएको छ । कमला नगरपालिका – ८ बस्ने प्रमोद साहको ८ वर्षका छोरा रमण साहको हत्या भएको हो । बालकको शव आइतबार बिहान गाउँ नजिकै कुलोमा हत्या गरेर फालिएको अवस्थामा फेला परेको हो ।

शनिबार साँझदेखि एकाएक घरबाट वेपत्ता भएका बालक रमणको शव आइतबार बिहान स्थानीय बासिन्दाले कुलोको पानीमा तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।  मृत बालकको शरिरमा घाउ चोट र डाम भेटिएकोले हत्या गरेर नै फालिएको हुन सक्ने धनुषाका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले बताउनुभयो ।

बालकको शवलाई पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पतालमा लगिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको उपरीक्षक सिंहले जानकारी दिनुभयो ।

source:ujyaaloonline

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.