स्थानिय तहका जनप्रतिनिधीलाई राजिनामा गर्न विप्लब नेतृत्वको नेकपाको पत्र ।

आरके कार्की ,चैत्र ३ जाजरकोट

नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्नियुष्ट पार्टीले जाजरकोटका स्थानिय तहका जनप्रतिनिधिलाई राजिनामा गर्न उद्धि जारी गरेको छ । भेरी कर्णाली स्वायत्त प्रदेश जिल्ला जनपरिषदको लेटर प्याडमा पत्र काट्दै राजिनामाको माग गरिएको हो ।

जिल्ला जनपरिषदका अध्यक्ष हरिचन्द्र जैसी अनुकुलद्धारा हस्ताक्षरित पत्रमा सिंहदरवार देखि स्थानिय गाँउ टोल सम्म भष्टाचारी, कालोबजारीया राजनिति तथा सामाजिक दलाली, गुण्डागर्दी, लुटपाट, आतंक तपाई र तपाईको सरकारको प्राथमिकतामा रहेको स्पष्ट छ । आफै सरकार प्रमुख आफै ठेकेदार, आफै ब्यवसायी तपाईहरुको चरित्र हो । यस्तो अवस्थामा जनताले राज्यबाट सेवा सुविधा पाउने भन्दा झन् प्रताडित बनाउने काम भएको उल्लेख गरिएको छ ।

पत्रमा अगाडी भनिएको छ । त्यसकारण, मुलुकभर जनताको सरकार स्थापित गरेर जनताको सेवा, राष्ट्रिय स्वाधिनता, सामाजिक सुरक्षा सहितको विकास र समृद्धिको आधार तय गर्नका लागी तपाईले आफ्नो पदबाट राजिनामा दिई जनताको सरकारलाई सहयोग गर्न विनम्र आग्रह गर्दछौ अन्यथा उत्पन्न हुने परिस्थितिको जिम्मेवार तपाई आफै हुनु पर्नेछ भनि चेतावनी समेत दिईएको छ ।

नेकपाले गठन गरेको जिल्ला जनपरिषदले जाजरकोटका सात ओटै तहका प्रमुखहरुलाई पत्र लेखेर राजिनामा गर्न आग्रह गरेको नेकपाका जिल्ला ईन्चार्ज प्रेम वली (धमिल)ले बताए । उनले क्रमश वडा स्तरका सवै जनप्रतिनिधीलाई राजिनामा गर्न लगाएर जनसरकार चलाउने गरि देशैभर अभियान थाल्ने योजना रहेको बताए । नेकपाले अहिले जनसरकार र जनअदालत स्थापना गरेर काम थालिसकेका छन् ।

ll.jpgउनीहरुले भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्ती, नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावल, छेडागाड नगरपालिकाका प्रमुख लालबहादुर महतारा, बारेकोट गाँउपालिकाका अध्यक्ष महेन्द्र शाह, कुशे गाँउपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेत, जुनीचाँदे गाँउपालिकाका अध्यक्ष कृष्णबहादुर केसी र शिवालय गाँउपालिकाका अध्यक्ष नरेन्द्र शाहीलाई राजिनामा गर्न लिखित पत्र बुझाएका हुन् ।

राजिनामाको पत्र आएसँगै स्थानिय तहका जनप्रतिनिधी असुक्षित महसुस गर्न थालेका छन् । उनीहरुले सरकारसँग सुरक्षाको माग गरेका छन् । तत्कालिन विद्रोही माओवादीले संचालन गरेको जनयुद्धको झझल्को दिने गरी काटिएको पत्रले जनप्रतिनिधी त्रसित बनेका छन् ।

source:digitalsanchar.com

आजको राशिफल (२०७४ चैत्र ०३ गते/२०१८ मार्च १७)

        आज वि.सं. २०७४ चैत्र ०३ गते शनिबार तदनुसार ई. सं. २०१८ मार्च १७ तारिख,

                                            आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

मनमा अधैर्यता र चञ्चलता देखिनसक्छ, के गरौं के नगरौं भइरहने छ । नोकरी वा बन्दव्यापारमा सामान्यतया सफलता नै मिल्नेछ, यद्यपि बेलुकाबाट चिन्तनमूलक काम र बौद्धिक क्षमतामा ह्रास आएको अनुभूति हुनेछ । अपराह्नपछि बाह्रौं भावमा चन्द्रमाको प्रवेश हुनेछ ।मिहिनेतअनुसार लाभ प्राप्त हुन नसक्दा दिक्क लाग्न सक्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

कर्मचारीले हाकिमलाई खुसी पार्न सक्छन् । ठूलाबडाको सहयोग र सल्लाहले राम्रो फाइदा लिन सकिने छ । सन्तानपक्षबाट सन्तुष्टि मिल्नेछ । आफ्नो क्षेत्रमा साख रहनेछ । धार्मिक/सामाजिक र सांस्कृतिक क्रियाकलापमा सक्रिय भइनेछ । गरेका काममा सफलता पाइने छ । चिन्तनमूलक र बौद्धिक काममा समय निकाल्न सकिंदैन, तर श्रममूलक काममा फाइदा लिन सकिने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

कल्याणको काम र जनहीतका लागि समय र धनको उपयोग गरिने छ । बौद्धिक र प्राज्ञिक उन्नयनका लागि गरिएको प्रयास सफल हुनेछ । आर्थिक पक्ष बलियो देखिन्छ । स्वास्थ्यमा सुधार आउने छ । बन्दव्यापार र कामधन्धाका क्षेत्रमा खट्ने समय आएको छ । लामो दूरीको यात्राका लागि अनुकूल समय छ । दिनभरि लाभमूलक परिणाम प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

दिनभरि विभिन्न बाधाअड्चन ब्यहोर्नु पर्ने हुन्छ । निराशा हुने र भाग्यबलमा कमी भएको अनुभूति हुनेछ । व्यवहारिक कारणले पारिवारिक जीवनमा तलबितल पर्न सक्छ । बन्दव्यापारमा उतारचढाव आइरहने छ । एकाबिहानै घाटा ब्यहोर्नु पर्ने स्थिति आइलागे पनि साँझपख भाग्यमा चन्द्रमाको प्रवेश हुने भएकाले अवस्था सन्तोषजनक देखिने छ । बिस्तारै निराशा र तनावको अन्त्य हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

बेलुकासम्म दाम्पत्य जीवनमा सकारात्मक सम्बन्ध रहने देखिन्छ । व्यापार व्यवसायबाट राम्रो प्रतिफल प्राप्त हुने छ । बौद्धिक क्षेत्रमा समेत राम्रो छ । गरेका काममा ढिलो भए पनि उपलब्धीमूलक सफलता मिल्नेछ । दिनभरि पारिवारिक सम्बन्ध सामान्य रूपले अगाडि वढ्ने छ । महत्वपूर्ण घरायसी काम साँझ पर्नुअघि नै सिध्याउनु राम्रो हुन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

घरायसी सुखसुविधा बढाउने कुनै महँगो वस्तुको किनमेल गर्न मन लालायित हुनेछ । यात्रा लाभप्रद बन्न सक्छ, धेरै टाढा पनि जानु पर्दैन । दिनभरि मन प्रफुल्ल रहनेछ । शान्त र रमाइलो वातावरणको सिर्जना हुनेछ । व्यवहारिक र व्यवसायिक चिन्तनका लागि उपयुक्त समय छ । घरायसी सुखसुविधा र मायाप्रेमका लागि समय निकाल्नु पर्ने देखिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

निराशा र वैराग्यका भावनाहरू देखा पर्ने सम्भावना छ, तर मूलतः बौद्धिक र चिन्तनमूलक काममा दिन बित्नेछ । प्रेम तथा प्रणयका क्षेत्रमा राम्रो फल छैन । त्यसैले पारिवारिक सम्बन्ध वा सन्ततिका विषयमा विवादको परिस्थिति पनि आउन सक्छ । तर्कवितर्क वा विवादको स्थिति आउन बेर लाउँदैन, तर आँफू चुप लागेर बस्नु नै जायज हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

सुरुवातमा चन्द्रमा कमजोर रहेकाले निराशाको अनुभूति हुनेछ । मान्यजनसँग असमझदारी बढ्न सक्छ । सानातिना घरायसी काममा समय व्यतीत गर्नु पर्नेछ । पारिवारिक समस्या देखा पर्न सक्छन् । प्रतिस्पर्धामा फाइदा हुँदैन । यद्यपि वैदेशिक क्षेत्रमा सन्तोषजनक देखिन्छ । साँझपख दार्शनिक र बौद्धिक क्षेत्रमा मन जानेछ । सन्ततिपक्षका खुसीका खबर सुन्न पाइने छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

सन्तुष्टिको अनुभूति हुनेछ । दाजुभाइ र बन्धुवान्धवले सकेको सहयोग गर्नेछन् । कुनै कामको नेतृत्व गर्ने अवसर प्राप्त हुनेछ । साँझमा चतुर्थ भावमा चन्द्रमाको प्रवेश हुनेछ, त्यसपछि राम्रो/नराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ । बेलुका झिनामसिना घरायसी समस्याहरू देखापर्न सक्छन् । जीवनसाथीसित ठाकठुक पर्ने सम्भावना छ तर तुरुन्त सुलह हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । व्यवसायिक क्षेत्रबाट राम्रै लाभ प्राप्त हुनेछ । आम्दानीका नयाँनयाँ मार्ग पत्ता लाग्नेछन् । पारिवारिक सुख मिल्नेछ । मातापिता वा अभिभावकवर्गबाट आवश्यक सहयोग र सल्लाह प्राप्त हुनेछ । सामाजिक क्षेत्रबाट सम्मानित हुने अवसर पाइने छ । हाँकेका, ताकेका कुरामा सफलता मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । बन्दव्यापारबाट लाभ मिल्नेछ । फुर्सद नमिले पनि राम्रो नतिजा हात पर्नेछ । आर्थिक अवस्थामा दृढता आउने छ । कृषि तथा कृषिजन्य व्यवसायमा संलग्नहरूका लागि यथेष्ट लाभ लिन सकिने समय छ । सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । दिन रमाइलो गरी बित्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

दुःखसुख, आयव्यय, सफलता–असफलता उस्तैउस्तै होला । शुभफल पाउन संघर्ष नै गर्नुपर्छ । साँझपख रमाइलोपन र विलासितातर्फ मन आकर्षित हुनेछ । मन त्यसैत्यसै उत्ताउलो र चञ्चल बन्नसक्छ । शरीरमा उत्साह देखिन सक्छ । यात्राबाट पर्याप्त लाभ हुन सक्दैन । नयाँ व्यापार वा व्यवसायतर्फ हात हाल्नु राम्रो छैन ।