सन्धिखर्क एफएमले सुरु गर्‍यो अनलाईन सेवा ।

 

चिरन्जीवी घिमिरे ,सुमन अर्याल ,चैत्र ३ अर्घाखाँची
संस्कृति मनोरञ्जन र स्वाभीमानको मुलमन्त्र सुचना र सञ्चारको बिकासमा रेडियो सन्धिखर्क भन्ने मुलनाराका साथ संचालनमा आएको सन्धिखर्क एफएम ८९ थोप्लो ८ मेघाहर्जले गत फागुन १ गते देखी अनलाईन सेवा सुचारु गरेको छ ।

अर्घाखाँची जिल्लाको प्रशिद्ध धार्मिक स्थल श्री शिद्धेश्वर शिबालय मन्दीर सन्धिखर्क नगरपालिका–२ भक्तिटोलको काखमा अवस्थित रेडियोले गएको पौष १८ गते (1-January-2018 ) देखि परिक्षण प्रसारण सेवा सुरुगरेको थियो । परिक्षण प्रसारण सेवाको अवधि पारगरी नियमित प्रसारणको अनुमति पाएको रेडियोले २ महिना पछिको अन्तरालमा रेडियोले अनलाईन सेवा सुचारु गरेको हो ।

सुचना, शिक्षा, स्वास्थ्य, अभिप्रेरणा, मनोरञ्जन र सामाजिकरणको क्षेत्रमा सेवा प्रवाह गर्दे आईरहेको सन्धिखर्क एफ.एम. http://www.sandhikharkafm.com त्यस्तै Listen2MyRadio र मोबाईल एप्सकै हाम्रो पात्रो लगअन गरेर संसार भर सुन्न सकिने भएको छ । अर्घाखाँची मल्टीमिडिया प्रा.ली द्धारा संचालित सन्धिखर्क एफ.एम.ले सुचना र प्रविधिको विकाससंगै श्रोताहरुको मागलाई ध्यानमा राखेर अनलाईन सेवा सुचारु गरेको संस्थाका अध्यक्ष एवं स्टेशन म्यानेजर श्याम घिमिरेले जानकारी दिनुभयो ।

२ सय ५० वाट क्षमता रहेको रेडियोले दैनिक बिहान ५ बजे देखी राती ११ बजेसम्म १८ घण्टा सेवा प्रसारण गर्दै आईरहेको छ । रेडियोले छोटो समयमा समय सापेक्षिक कार्यक्रमहरु प्रसारणमा ल्याएर स्रोताहरुको मनजित्न सफल भएको पाणीनि बहुुमुखी क्याम्पसका स्वबियु सभापति तथा बिद्यार्थी नेता लक्ष्मण खड्काले बताउनु भयो ।

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.