घनश्याम पौडेल चैत्र ३ अर्घाखाँची
छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रलले पशुपालनबाट समृद्ध गाउँपालिका बनाउँन सकिने बताएका छन । छत्रदेव ७ भगवती मोडेलचौरमा मल्टी प्लायर हर्डमा प्रजननको लागि वोयर बोका हस्तान्तरण कार्यक्रममा अध्यक्ष पोख्रेलले गरिव, एकल महिलालाई लक्षीत गरेर बाख्रा वितरण गर्ने तयारी गाउँपालिकाले गरेको बताए ।
केयुविकेको अनुदानमा भगवती मोडेलचौरमा उन्नत जातका बोका वितरणमा जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. लोकनाथ पौडेलले जिल्लाले पशुपालनमा एक वर्षमा धेरै फड्को मारेको बताउँदै जिल्लालाई बोयर मय बनाउने तथा किसानहरूलाई व्यवसायीक रूपमा अगाडि बढाउँन पशु सेवा कार्यालयले सहकार्य गरिरहने बताए ।
कार्यक्रममाछत्रदेव गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भेषराज पन्त, वडा अध्यक्षहरू शोभाखर पाण्डे, र बालकृष्ण श्रेष्ठ, केयुविकेका पशु विकास अधिकृत महेन्द्र भण्डारी, लगायत मनतब्य राख्दै जिल्लालाई बोयर बोकामय बनाउँनका लागि मल्टिपलायर अगाडि बढाउने बताउँदै किसानलाई सहयोग गर्न पछि नपर्ने विश्वास दिलाए ।
कार्यक्रममा छत्रदेव गाउँपालिका पशु शाखा प्रमुख नारायण खनाल, अर्घातोष पशु सेवा केन्द्रका उमानाथ पन्थी, पत्रकार घनश्याम पौडेल लगायतले शुभकामना मनतब्य ब्यक्त गरेका थिए । कार्यक्रम कृष्ण भुसालको अध्यक्षता, प्रकाशमणि घिमिरेको सञ्चालन र कृष्ण भुसालको स्वागतमा सम्पन्न भएको हो ।