सहयोगी बिसि चैत्र २ अर्घाखाँची । समुदायमा सरकारी वकिल कार्यक्रम बिषयक कार्यक्रम सुक्रवार पाणिनी गाउँपालिका को दुर्गाफाँटमा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथिको रूपमा मनतब्य राख्दै जिल्ला न्यायाधीश रामचन्द्र पाैडेलले न्यायीक क्षेत्र भनेको अन्धो हुन्छ न्यायको निम्ति जानाकारी हुनुपर्छ ,न्यायको निम्ति पिडित र पिडकको कुरा सुनेर मात्र न्याय गर्नु पर्दछ भन्दै प्राकृतिक न्यायको सिद्धान्त भित्र रहेर अदालतले न्याय दिने कुरामा जोड दिनुभयो।
प्रहरी र सरकारी वकिल कार्यालयले मुद्दा अभियोजन गरि अदालतमा पेश गर्ने र प्रमाणका आधारमा मुद्दा फैसला हुने बिचार राख्नु भयो।उहाँले सरकार बादी मुद्दा र देबानी मुद्दा हुने हुनाले गाउँपालिकामा उपाध्यक्षको संयोजकमा न्यायीक समिति हुने र त्यसले देवानी मुद्दामात्र हेर्ने कुरामा प्रष्ट पार्नु भयो।
कानुन समायानुकुल हुनुपर्ने र कानुन अनुसार हामी चल्नुपर्ने कुरामा जोडदिनु भयो। कार्यक्रममा बिशिस्ट अतिथिको आसनबाट पालिका प्रमुख अच्युत गौतमले सकारात्मक रुपबाट समाज अगाडि बढेमा हरेक क्षेत्रको बिकास हुने र पालिकाबाट जिल्ला अदालतमा कुनैपनी मुद्दा दर्ता नहुने बाताबरण सृजना हुने कुरामा लाग्ने अठोट राख्नु भयो।
उहाँले आर्थिक समृद्धि भयो भने समाजमा हुने अधिकांश झैझगडा कम हुने हुनाले त्यसतर्फ पनि पालिकाको मुख्य योजना छ ।मुल संगलो भयो भने धारामा सफापानी आउँछ भने जस्तै मुद्दा परेर फैसला र मेलमिलाप भन्दा त्यो हुन नै नदिने हाम्रो योजना रहेको बिचार ब्यक्त गर्नु भयो।
सो अबसरमा जिल्ला सरकारी वकिल रोमाकान्त ज्ञवालिले राज्य तथा नेपाल सरकारको कानुनी सल्लाहकारको रूपमा रहेको कार्यालयले गर्ने कामका बारेमा प्रष्ट पार्नु भएको थियो।
कार्यक्रममा प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जनताहरु बिनाबर्दिका प्रहरी भएकोले समाजमा हुने अपराधलाई न्युनिकरण गर्न सबै एकजुट भएर लाग्नुपर्ने कुरामा जोडदिनु भयो।
उक्त अबसरमा बैतनिक वकिलर कानुनी सहायता केन्द्र बाट असहाय लाई निशुल्क कानुनी सहयोग गरिने बारेमा नेपाल बारका जिल्ला अध्यक्ष के. नि. भुसाल र टिकाराम भुसालले सहभागिलाई जानाकारी दिनु भएको थियो।
पत्रकार तथा मेलमिलापकर्ता सहयोगी बि. सि. ले मेलमिलापको बिषयमा प्रकाश पार्नु भएको थियो ।उक्त अबसरमा कानुनी अफ्ट्यारो र सेवाग्राही लाई दिनुपर्ने सेवाका बारेमा वडा अध्यक्ष तथा सहभागिले विभिन्न जिज्ञासा् राख्नु भएको थियो।
कार्यक्रम जिल्ला सरकारि वकिल कार्यालयका प्रमुख रोमाकान्त ज्ञवालीको अध्यक्षता र सुनिता खनालको संचालनमा सम्पन्न भएको थियो। उक्त अबसरमा कोष नियन्त्रक सालिकराम पौडेल ,जिल्ला मालपोत अधिकृत लोककुमार कार्की श्रेस्तेदार मोहन बेल्बासे ८ वडै वडाका अध्यक्ष लगायत ४० जनाको सहभागिता रहेको थियो।