श्याम घिमिरे ,अर्घाखाँची फागुन ३०
बालबालीकाहरुलाई सम्पती होईन संस्कार दिऔं भन्ने मुख्य नारा सहीत गौरी शंकर ईङ्गलिस बोर्डिङ्ग स्कुल सन्धिखर्कको आयोजनामा बुधबार अशल अभिभाबकिय कला सम्बन्धी एक दिने चेतनामुलक अभिमुखीकरण प्रशिक्षण सन्धिखर्कको सभाहलमा सम्पन्न भएको छ ।
विद्यालयका करिव पाँच सय अभिभावकको उपस्थिति रहेको कार्यक्रममा मोटिभेसनल स्पिकर तथा ट्रेनर उपेन्द्र अधिकारीले अडियो र भिडियो मार्फत प्रस्तुति दिनुभएको थियो ।
“वालवालिकालाई सम्पत्ति होइन, संस्कार दिऔँ“ भन्ने मुल नारा दिइएको कार्यक्रममा कसरी असल र सफल अभिभावक बन्न सकिन्छ वालवालिकाको स्वास्थ्य शिक्षा मानसिक शारीरिक संवेगात्मक विकासमा कसरी लाग्न सकिन्छ अभिभावकले निर्माण गर्ने पारिवारीक वातावरणीय सामाजिक र भौतिक वातावरणलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने लगायतका विषयमा नाटक सहित प्रस्तुति गरिएको थियो ।
कार्यक्रममा सन्धिखर्क नगरपालीका उपप्रमुख ठाकुर कुमार बिक,जिल्ला शिक्षा अधिकारी लिलबहादुर राउत,नगर शिक्षा अधिकृत बलराम मिश्र, पत्रकार हिमबहादुर जिसी,श्रोतब्यक्ति युबराज भुसाल, लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष भेष बहादुर बिसीको अध्यक्षता बिद्यलायका प्रिनशिपल गणेश क्षेत्रीको स्वागत मनतब्य र शिक्षक शिब बेल्बासेको सन्चालनमा सम्पन्न भएको हो ।