पञ्चाङ्ग, वारवेला, चाडपर्व र मुहूर्तको विस्तृत जानकारीका लागि यहाँ क्लिक् गर्नुहोस् ।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
मिश्रित प्रभाव भएको दिन छ । धार्मिक अनुष्ठान तथा परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । माङ्गलिक कार्य सम्पन्न गर्दा खर्चबर्चमा नियन्त्रण गर्न सकिंदैन । फजुलको यात्रा र घुमघामको सम्भावना छ । गरेका कामको सर्वत्र आलोचना हुनसक्छ । मनमा निराशा र वैराग्यका बादल मँडारिने सङ्केत छ । तर आत्मविश्वास र हिम्मतका साथ अघि बढेमा भाग्यभावमा रहेको चन्द्रमाले साथ दिनेछ, कीर्तिमानी काम सम्पादन हुनसक्छ । कडा मिहिनेतपछि चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । सहयोगीहरू जुट्नेछन् र चिताएका कामहरू बन्नेछन् ।
शुभरङ्ग : बैजनी वा पहेंलो
शुभअङ्क : १
शुभदिशा : पूर्व
इष्टदेवता : विष्णु
अशुभ रङ्ग : चम्किलो/उज्यालो
अशुभ अङ्क : ४
अशुभ दिशा : उत्तर
कार्यसिद्धि मन्त्र : ॐ नमो भगवते वासुदेवाय
न्यूनतम जापसङ्ख्या : १९
के गर्ने : कुलधर्म र परम्पराको अनुसरण
के नगर्ने : बृद्धबृद्धा र असहायको बेवास्ता
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
मनमा कताकता निराशा र डर भए पनि कामबाट प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिएर जानेछ । प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सीदलो रहनेछ । इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिने छ । ्व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । आम्दानी बढ्ने र फाइदा उठाउने समय छ । वैदेशिक यात्राको प्रकिया अघि बढ्न सक्छ । काममा अनावश्यक प्रतिस्पर्धा भए पनि सोचेको काम गर्न सकिने छ । प्रतिद्वन्द्वीहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला, चुनौती सामना गर्नुपर्ला तर डराउनु पर्दैन ।
शुभरङ्ग : ध्वाँसे
शुभअङ्क : ४
शुभदिशा : उत्तर
इष्टदेवता : सङ्कटा देवी
अशुभ रङ्ग : हरियो
अशुभ अङ्क : ३
अशुभ दिशा : पश्चिम
कार्यसिद्धि मन्त्र : ॐ सङ्कटाभगवत्यैै नमः
न्यूनतम जापसङ्ख्या : १०
के गर्ने : नैराश्यभाव त्याग गर्ने
के नगर्ने : तीव्रगति र हडबड
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आत्मबल र उत्साहमा बृद्धि हुने दिन छ । उचित समयमा गरिएको निर्णयले उम्किन लागेको काम बन्नेछ । आफन्तजनसँग आत्मीयता बढ्ने छ । तर्क, विवाद र बहसमा विजयी भइने छ । आशा गरेअनुरूप सहयोगी जुट्ने छन् । गरेको प्रयासमा सफलता मिल्ने देखिन्छ । शुभचिन्तकहरूको सुझावलाई पालना गर्दा खुसी र उमङ्गको वातावरण बन्नेछ । सुखद समाचारले अझ उत्साह बढ्नेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । व्यावसायिक यात्राको सम्भावना छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । नयाँ सवारी साधन प्राप्तिको योग छ ।
शुभरङ्ग : सुन्तले
शुभअङ्क : ३
शुभदिशा : पश्चिम
इष्टदेवता : विष्णुलक्ष्मी
अशुभ रङ्ग : पहेंलो
अशुभ अङ्क : २
अशुभ दिशा : दक्षिण
कार्यसिद्धि मन्त्र : ॐ शुं शुक्राय नमः
न्यूनतम जापसङ्ख्या : ११
के गर्ने : घरमा आवश्यक वस्तुको किनमेल
के नगर्ने : परिवारको बेवास्ता
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आजको दिन प्रतिस्पर्धा र सङ्घर्ष गर्ने समय छ । आर्थिक क्रियाकलापमा सोचेको फाइदा नउठ्न सक्छ । अनावश्यक वादविवादमा परिएला, विचारलाई तौलेर मात्र व्यक्त गर्न बुद्धिमानी हुनेछ । प्रशंसकहरूले पनि आलोचना गर्नसक्छन् । मान–सम्मानमा आघात पर्ने देखिन्छ । काममा विघ्नबाधा उपस्थित हुनसक्छन् । तापनि, प्रयत्न गर्दा व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिने छ । व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । अधिकारका लागि भने अलि संघर्ष गर्नुपर्ला । शत्रु तथा प्रतिस्पर्धीहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नुपर्ने देखिन्छ । तापनि, प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिने छ ।
शुभरङ्ग : छिर्केमिर्के बुट्टे
शुभअङ्क : २
शुभदिशा : दक्षिण
इष्टदेवता : गणेश
अशुभ रङ्ग : सुन्तले/गुलाबी
अशुभ अङ्क : १
अशुभ दिशा : पूर्व
कार्यसिद्धि मन्त्र : ॐ बुं बुधाय नमः
न्यूनतम जापसङ्ख्या : ०८
के गर्ने : खानपानमा नियन्त्रण
के नगर्ने : आवेग, घमण्ड र क्रोध
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
सन्तति र भाइबहिनीका समस्यामा केन्द्रित हुनुपर्छ । सामाजिक कामबाट जस पाउन सकिंदैन । सँगीसाथीको सहयोग र सद्भाव प्राप्त नहुनाले निराशा बढ्न सक्छ । कडा मिहिनेत र परिश्रमका बाबजुद प्रतिफल सोचेजस्तो नहुनसक्छ । धेरै आशावादी हुनु हुँदैन । पाँचौं भावको चन्द्रमा बलियो छैन, त्यसैले मिश्रित प्रभाव भएको दिन छ । यद्यपि पुरानो समस्यालाई निराकरण गरी अघि बढ्न प्रेरणा प्राप्त हुनेछ । कीर्तिमानी काम गर्ने र प्रतिष्ठा कमाउने बेला छ । त्यसैले आत्मबल र हिम्मतले काम गर्दा आँटेका काम पनि सजिलै सम्पादन हुनेछन् । उद्योग तथा व्यापारमा सामान्य फाइदा नै मिल्नेछ ।
शुभरङ्ग : गाढा हरियो
शुभअङ्क : ५
शुभदिशा : पूर्व
इष्टदेवता : सूर्यदेव
अशुभ रङ्ग : कालो
अशुभ अङ्क : ३
अशुभ दिशा : उत्तर
कार्यसिद्धि मन्त्र : ॐ घृणि सूर्याय नमः
न्यूनतम जापसङ्ख्या : ०७
के गर्ने : छोराछोरीको उन्नति/प्रगतिको जानकारी लिने
के नगर्ने : अल्छी र अकर्मण्यता
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
बनिसकेको काम बिग्रन सक्छ, सचेत भई काम गर्नुपर्ने दिन छ । स्वास्थ्यमा कमजोरीको अनुभूति हुनसक्छ, तर कामधन्दा र जिम्मेवारीमा कमी आउने छैन । बाध्यतापूर्ण काममा समय बित्न सक्छ । काममा लगानीको समय छ । श्रमको मूल्य कमै मात्र पाइने देखिन्छ, त्यस्तै आशा देखाउनेहरूले धोका दिन सक्छन् । जान्नेबुझ्नेको सहयोग र सद्भाव पाउन गाह्रो हुन्छ, उता व्यावसायिक काममा खर्च बढ्ने र काम पूरा नहुनाले खिन्नता बढ्ने समय पनि छ । अतः होसियारीसाथ काम लिनुपर्ने समय छ । यद्यपि सेवामूलक कामबाट प्रतिष्ठा मिल्न सक्छ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ ।
शुभरङ्ग : गाढा रातो
शुभअङ्क : ८
शुभदिशा : उत्तर
इष्टदेवता : शिवर्पावती
अशुभ रङ्ग : गाढा नीलो
अशुभ अङ्क : २
अशुभ दिशा : पश्चिम
कार्यसिद्धि मन्त्र : ॐ सों सोमाय नम
न्यूनतम जापसङ्ख्या : ११
के गर्ने : घरपरिवारका कुरालाई वेवास्ता नगर्ने
के नगर्ने : गोपनीयता भङ्ग
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
सामाजिक काम र परोपकारी कामबाट नाम, दाम र प्रतिष्ठा आर्जन गर्न सकिने राम्रो दिन छ । रोकिएका कामलाई पुनः सुरु गर्ने वातावरण मिल्नेछ । सहयोगीहरूले अप्रत्यासित ढंगले सहयोग गर्नेछन् । आर्जित धन सञ्चय गर्ने वा दीर्घकालिक प्रयोजनमा उपयोग हुनेछ । पुराना समस्या र कठिनाइलाई उचित कार्ययोजना र आत्मबलका कारण समाधान गरि छाडिने छ । प्राज्ञिक क्षमता बढ्ने छ । हक र अधिकारको संरक्षणको प्रयास हुनेछ । धैर्य एवं लगनशीलताले फाइदा दिलाउनेछ । सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम पुनः प्रारम्भ गर्न सकिने छ । परिवारजनका आकाङ्क्षा पनि पूरा गर्न सकिने छ ।
शुभरङ्ग : गाढा हरियो
शुभअङ्क : ७
शुभदिशा : पश्चिम
इष्टदेवता : हनुमान्
अशुभ रङ्ग : गुलाबी वा सिन्दूरे
अशुभ अङ्क : १
अशुभ दिशा : दक्षिण
कार्यसिद्धि मन्त्र : ॐ ऋद्धिबुद्धिसहिताय श्रीमन्मङ्गलमूर्तये नमः
न्यूनतम जापसङ्ख्या : ०८
के गर्ने : बन्धुबान्धव र दाजुभाइका सल्लाह मान्ने
के नगर्ने : साथीभाइको बेवास्ता
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
धनभावमा चन्द्रमा भए पनि मिश्रित प्रभाव भएको दिन छ । व्यवसायको सन्दर्भमा टाढाको यात्राको सम्भावना देखिन्छ । सोचेको काम बनाउन अनायासै खर्च बढाउनु पर्ने हुनसक्छ । वैदेशिक यात्रा वा कामकाजबाट भनेजस्तो फाइदा लिन सकिने छैन । जतिबेला पनि मनमा डर र त्रासको निवास हुने भय छ । मनको निराशाभाव र आत्मबलको कमीले गर्नै पर्ने काममा बाधा पुग्नसक्छ । अनुभवीको सल्लाह लिएर दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने समय छ । करकुटुम्बसँगको सम्बन्धमा चिसोपन आउन दिनु हुँदैन । चाहेको ठाउँमा स्थानान्तरण हुन वा टाढाको यात्रा गर्न नसक्दा खिन्नता बढ्न सक्छ ।
शुभरङ्ग : सेतो वा उज्यालो
शुभअङ्क : ६
शुभदिशा : दक्षिण
इष्टदेवता : लक्ष्मी माता
अशुभ रङ्ग : पहेंलो
अशुभ अङ्क : ९
अशुभ दिशा : पूर्व
कार्यसिद्धि मन्त्र : ॐ धनप्रदाय कुबेराय नमः
न्यूनतम जापसङ्ख्या : ११
के गर्ने : अल्पकालिक प्रतिफल आउने काममा लगानी
के नगर्ने : बोलीवचनमा कडापन
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
मिश्रित प्रभाव भएको दिन छ । शत्रुहरूको चलखेल बढ्न सक्छ । प्रतिस्पर्धामा पनि विजय प्राप्त गर्न निकै खट्नु पर्नेछ । व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने अवसर पाइनेछ, तर जान्नेबुझ्नेको राय लिनु राम्रो हुनेछ । आम्दानीका मार्गमा अवरोध आउने छ । गरेका काममा ढिलासुस्ती हुने योग छ । श्रमको प्रतिफल पाउन प्रतीक्षा गर्नुपर्छ । ज्ञान र बौद्धिकताका क्षेत्रमा समय दिन सकिंदैन । घरायसी प्रयोजनका खर्चमा बृद्धि हुनेछ । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिने छ ।
शुभरङ्ग : हलुका रातो
शुभअङ्क : ५
शुभदिशा : पूर्व
इष्टदेवता : गणेश
अशुभ रङ्ग : हरियो
अशुभ अङ्क : ८
अशुभ दिशा : उत्तर
कार्यसिद्धि मन्त्र : ॐ गं गणपतये नमः
न्यूनतम जापसङ्ख्या : १०
के गर्ने : मन उत्ताउलो नबनाउने
के नगर्ने : हतारमा निर्णय
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
बाह्रौं भावमा चन्द्रमा भए पनि अन्य ग्रहको लाभकारी दृष्टि परेकाले अत्तालिई हाल्नु पर्ने परिस्थिति छैन । वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ । हरदम सचेत र सतर्क रहनु पर्छ, नत्र समयमा होस नपुग्नाले हुनै लागेको आम्दानीमा बाधा पुग्न सक्छ । शत्रु र प्रतिस्पर्धीको चलखेललाई सँगीसाथीको मद्दतले तोड्न सफल भइने छ । कडा मिहिनेत र परिश्रमका बलमा गरेको लगानीको उचित प्रतिफल प्राप्त हुनेछ । होसियारीसाथ काम लिनुपर्ने समय छ । गरी आएको कामलाई भने निरन्तरता दिन सकिने छ । आस मारेको काम सुझबुझ र लगनशीलताका कारण बनाउन सकिने छ ।
शुभरङ्ग : गाढा पहेंलो वा बुट्टे
शुभअङ्क : ८
शुभदिशा : उत्तर
इष्टदेवता : कालभैरव
अशुभ रङ्ग : हरियो/चम्किलो
अशुभ अङ्क : ७
अशुभ दिशा : पश्चिम
कार्यसिद्धि मन्त्र : ॐ कें केतवे नमः
न्यूनतम जापसङ्ख्या : १९
के गर्ने : दीर्घकालीन प्रतिफल आउने पक्षको लगानी
के नगर्ने : याचकको अपमान
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक अनुष्ठान तथा परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । मङ्गलमय कृत्य सम्पादन गर्ने समय छ । तीर्थाटनको अवसर प्राप्त हुनेछ । धेरैले तारिफ गर्नेछन् । कीर्तिमानी काम सम्पादन हुनसक्छ । प्रतिष्ठा कमाउने बेला छ । घर–गृहस्थीमा केही समस्या आउने सम्भावना देखिन्छ । परिवारजनसँग असमझदारी बढ्नुका साथै काममा बाधा पुग्न सक्छ । महत्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । माताको सहयोग र मातृधनकै उपयोगबाट लाभ उठाउन सकिने छ ।
शुभरङ्ग : सेतो वा घिउरङ
शुभअङ्क : ७
शुभदिशा : पश्चिम
इष्टदेवता : शिवजी
अशुभ रङ्ग : घिउरङ्ग/क्रिम
अशुभ अङ्क : ६
अशुभ दिशा : दक्षिण
कार्यसिद्धि मन्त्र : ॐ नमः शिवाय
न्यूनतम जापसङ्ख्या : २३
के गर्ने : रचनात्मकता र सिर्जनात्मकतामा जोड दिने
के नगर्ने : अनावश्यक नियन्त्रण र निर्देशन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आज कर्मक्षेत्रको चन्द्रमाको बल थोरै छ, त्यसैले परिस्थितिमा केही असहजता बढ्न सक्छ, मनमा चिन्ता, शङ्का र छटपटी उब्जने छ । पिताको सेवासुश्रुषामा समय दिनु राम्रो हुनेछ । कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ । सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला । स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ । कठिन चुनौती सामना गर्नुपर्ला । नयाँ काममा हात हाल्नु राम्रो हुँदैन । तर हिम्मत र साहसका साथ संयम भई कर्म गर्दा अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन् । कामले अरूलाई प्रभावित पारेर फाइदा लिन सकिने छ । कीर्तिमानी काम सम्पादन होला ।
शुभरङ्ग : नीलो
शुभअङ्क : ६
शुभदिशा : दक्षिण
इष्टदेवता : भोलेशङ्कर
अशुभ रङ्ग : कलेजी
अशुभ अङ्क : ५
अशुभ दिशा : पूर्व
कार्यसिद्धि मन्त्र : ॐ शं शनैश्चराय नमः
न्यूनतम जापसङ्ख्या : २३
के गर्ने : श्रमसाध्य र मिहिनेत गर्नुपर्ने काममा बलप्रयोग नगर्ने
के नगर्ने : उदासीनता/नैराश्यता
(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)