गोपाल प्रसाद भट्टराई ,फागुन २७ अर्घाखाँची
जनता आधारभुत बिद्यालय सन्धिखर्क–८ नेपालीचौर अर्घाखाँचीले अंग्रेजी र नेपाली दुवै माध्यमबाट पढाइ संचालन गर्ने भएको छ ।
स.न.पा.८ किमडांडामा अबस्थित आधारभुत बिद्यालयहरुमा प्रत्येक बर्ष बिद्यार्थीदर घट्दै जांदा स्कुल संचालनमै कठिनाई देखिएपछि पढाइमा गुणस्तर प्रदान गर्दै बिद्यार्थी सहभागिता बढाउन र ब्यबस्थित रुपमा बिद्यालय संचालन गर्न दुवै माध्यमबाट पढाइ सुरु गर्न थालेको हो ।
किमडाँडामा बिद्यालय क्षेत्रभित्र बाक्लो मानव बस्तीका बावजुदपनि सामुदायिक बिद्यालयमा पढ्ने बिद्यार्थी दर घट्न थालेपछि सन्धिखर्क ८ का वडा अध्यक्ष इश्वरी प्रसाद भुसालको संयोजकत्वमा शिक्षामा गुणस्तर बृद्धि गर्न यस क्षेत्रमा समिति नै गठन गरेर अभियान थालिएको छ ।
सोही अभियान अन्तरगत आईतबार जनाता आधारभुत बिद्यालय नेपालीचौरमा अभिभावक,शिक्षक र नेतृत्वदायी सरोकारवाला संग गरिएको अन्तरक्रियात्मक बैठकले आगामी शैक्षिक सत्रदेखी अंग्रेजी र नेपाली दुवै माध्यममा पढाई संचालन गर्ने निर्णय गरेको हो ।
बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष शिव प्रसाद पोख्रेलको अध्यक्षता,सन्धिखर्क ८ का वडा अध्यक्ष एवम् शिक्षामा गुणस्तर बृद्धि संयोजन समिति अध्यक्ष इश्वरी प्रसाद भुसालको बिशेष आतिथ्यता,प्र.अ.शुभद्रा मरासिनीको स्वागत मन्तव्य र शिक्षक कमल गैरेको संचालनमा सम्पन्न अन्तरक्रियात्मक बैठकमा किमडाँडाका अगुवा समाजसेवी,शिक्षा प्रेमी र अभिभावकहरुको उल्लेख्य सहभागितामा ब्यापक छलफल गरिएको हो ।