श्याम घिमिरे फागुन २७ अर्घाखाँची
भुमिकास्थान नगरपालीकाका प्रमुख रेशम थापाले आफ्नो नगरपालीकालाई भ्रष्ट्राचारमुक्त नगरपालीका बनाउने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।
नगरपालीकाको प्रथम नगरपालीका स्थापना तथा प्रबचन प्रर्दशन कार्यक्रममा मनतब्य राख्दै प्रमुख थापाले यस्तो बताउनु भएको हो ।
उहाँले पालीकामा बिकास निर्माण का साथै शिक्षा,स्वास्थ्य,पर्यटन, खेलकुद,मनोरञ्जन,उद्योग निर्माण लगायतका बिभिन्न शिर्षकहरुमा करीब ३७ करोड भन्दाबढी रकम बिनियोजन भएको र उक्त पालीकामा करीब ७० प्रतिशत योजना सम्झौता भएपनी भुक्तानी दिन ढिला भएको भन्दै प्रमुख थापाले बिकास निर्माणको कामका सबैको सहयोग र समर्थन अपरीहार्य रहेको बताउनु भएको थियो ।
त्यस्तै कार्यक्रममा नगर उपप्रमुख खडानन्द बेल्बासेले आफुहरु देशकै नमुना नगरपालीका बनाउने गरी काममा लागेको हुनाले सबैको सहयोगको आबश्यकता रहेको बताउनु भएको थियो ।
त्यस्तै कार्यक्रममा मनतब्य राख्दै नगरका प्रमुख प्रशासकिय अधिकृत डिल्लीराज बेल्बासेले नगरलाई नमुना बनाउन बिज्ञहरुको समुह बोलाई गुणात्मक हिसाबले डिजाईनगरी बिकास निर्माणमा अगाडी बढ्नुपर्ने धारणा राख्नु भएको थियो ।
कार्यक्रममा एमालेका जिल्ला उपसचिब प्रेमनारायण गैरे, नेकाका नगर सभापती अशोक कुमार श्रेष्ठ,राजमोका जिल्ला नेता कबिराम खनाल,बिबेकशिल साझा पार्टीका जिल्ला अध्यक्ष हरी प्रसाद भुसाल, नगरसभा सदस्य शिब बन्जाडे,कार्यपालीका सदस्य खगेश्वर पन्थी,नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष हिमबहादुर जिसी,स्वास्थ्य बिमा कर्मचारी रामचन्द्र ढुगांना लगायतले दिबस पुर्ण सफलताको कामना ब्यक्त गर्नु भएको थियो । कार्यक्रम हरीशचन्द्र भुसालको स्वागत मनतब्य र मणीराम पराजुलीको सन्चालनमा सम्पन्न भएको थियो ।