श्याम घिमिरे फागुन २७ अर्घाखाँची
बैधनाथ माबि मालारानी ७ बामरुकमा शुकामना आदानप्रदान तथा बिधाई कार्यक्रम आईतबार सम्पन्न भएको छ । बिद्यालयमा अध्ययनरत कक्षा ९ का बिद्यार्थीहरुको आयोजनामा सोहि बिद्यालयबाट एसईई परीक्षा २०७४ मा सम्मीलितहुने बिद्यार्थीहरुलाई उच्च सफलताको लागी शुभकामना प्रदानगर्ने कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितिका जेष्ठ अध्यक्ष दलबहादुर भट्टराईको प्रमुख आतिथ्यता वडानम्बर ७ का वडाअध्यक्ष खड्क प्रसाद भुसाल बिद्यालयका प्रअ मानबहादुर कुवर र ब्यबस्थापन समितिका सदस्य लक्ष्मण खड्काको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रम कक्षा ९ का छात्र युबराज भुसालको अध्यक्षतामा र पुष्पा भुसालको सन्चालनमा सम्पन्न भएको हो ।