प्रेमनारायण आचार्य, फागुन २७ अर्घाखाँची
सन्धिखर्क नगरपालिकाको आयोजनामा नगरपालिका स्तरिय कृषि समस्या पहिचान तथा समाधान सम्बन्धि योजना तर्जुमा गोष्ठी आईतबार सम्पन्न भएको छ ।
स्थानीय जातको संरक्षण उन्नत जातको बिस्तार, नगरको कृषि ब्यबसायीकरणको आधार भन्ने नाराका साथ कसरि सन्धिखर्कलाइ कृषिमा आत्म निर्भर बनाइ ब्यबसायीकरण तर्फ अगाडी बनाउन सकिन्छ भन्ने बिषयमा छलफल भएको थियो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसाल, उपप्रमुख ठाकुर कुमार बिक, प्रमुख प्रशासकीय अधिकृत रमेश गौतम, वडा अध्यक्षहरु युवराज बन्जाडे, मोतीजंग रायमाझि, लिला गौतम, कृष्ण प्रसाद श्रेष्ठ, राजेन्द्र भुसाल, कृष्ण आचार्य, देवबहादुर रायमाझि, लक्ष्मीनारायण चुँदाली, धु्रब आचार्य, सदस्यहरु बिष्णु प्रसाद भुसाल, देवी थापा, बाबुराम बस्याल , पशु विकास शाखा प्रमुख राधा पाण्डे, स्वास्थ्य विभाग प्रमुख पुर्ण पराजुली लगायतले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रम सन्धिखर्क नगरपालिकाको कार्यलयका कृषि विकास शाखा प्रमुख नन्दलाल पाण्डेको अध्यक्षता र प्राबिधिक राजेन्द्र भटराइको सञ्चालनमा सम्पन्न भएको हो ।