१०८ औं अन्तराष्ट्रीय महिला दिवस अर्घाखाँचीमा पनि मनाईयो (तस्बिरहरु सहित)

श्याम घिमिरे
फागुन २४, अर्घाखाँची

१०८ औं अन्तराष्ट्रीय महिला दिवसको अबसरमा जिल्ला सदरमुकाम सन्धिखर्कमा विशेष कार्यक्रम सम्पन्न भएको छ । महिला तथा बालबालिका कार्यालय र सन्धिखर्क नगरपालीकोे मुख्य आयोजना साथै विभिन्न राजनीतिक दलका महिला संगठन र जिल्लामा रहेका संघसंस्थाहरुको सह आयोजनामा सम्पन्न भएको कार्यक्रममा जिल्लामा रहेका सरकारी कार्यालयका प्रमुखहरु,बिभिन्न दलका प्रतिनिधीहरु,सन्चारकर्मी,तथा महिलाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

दिवसको अवसरमा खुल्ला गित प्रतियोगिता गर्नुपूर्व सन्धिखर्क शान्ति बगैचाबाट शुरु भएको ¥याली सन्धिखर्क बजारका मुख्य मुख्य चोकको परिक्रमा गरी जिबिस सभाहलमा पुगी कार्यक्रममा परीणत भएको थियो । ९ समुहको सहभागीता रहेको चेतनामुलक खुल्ला गित प्रतियोगितामा मिलिजुली महिला बिकास समुह सनपा १२ प्रथम,लालिगुराँस महिला विकास बचत तथा ऋण सहकारी समूह किमडाँडा द्धतिय, घुम्तीनरपानी समुह तृतिय र लुम्बिनि बिकास समुहले शान्तोना स्थान प्राप्त गरेका थिए ।

कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि ५ नम्बर प्रदेशसभा सदस्य जालपा भुसालले महिला अधिकार स्थापना गर्न सबै एकजुट हुनुपर्ने बताउनु भएको थियो । भुसालले सानातिना कुराहरुमा नअलमल्लीकन देशलाई सम्बृद्धि बनाउन अगाडी बढ्नु पर्ने कुरामा जोड दिनु भएको थियो । साथै उहाँले पटकपटकको लडाईले महिलाका अधिकारहरु सुनिश्चित हुन नसकेको भन्दै देश पार्टी भन्दा ठुलो भएकाले पार्टी भन्दा माथी उठेर अगाडी बढ्न सबैलाई आग्रह समेत गर्नु भएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर भुसाल,सन्धिखर्क नगरपालीकाका प्रमुख कमलप्रसाद भुसाल,उपप्रमुख ठाकुर कुमार बिक,प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल,प्रहरी नायब उपरीक्षक एकनारायण काईराला, एमालेका जिल्ला उपाध्यक्ष जीवनारायण काईराला ,नेपाली काँग्रेसका उपसभापति शान्ता भण्डारी, माओबादी केन्द्रकी सहसंयोजक छमकुमारी खनाल, राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव गोपाल पौडेल, अनेमसंघकी केन्द्रीय सदस्य विजुला रायमाझीे, अनेमसंघ क्रान्तिकारीका कमला भुसाल भण्डारी, अनेमसंघकी नेतृ सकुन्ता राना, ,कल्पना पोख्रेल, ईश्वरा पोखरेल, सुनिता बेल्बासे,उषा पुन,विष्णु आचार्य, सुआहाराका प्रमुख सुनिल खतिवडा,पत्रकार महासंघका अध्यक्ष हिम बहादुर जिसी, लगायतले मन्तव्य राख्दै महिला समानताका लागि आफुहरु कुनैपनि खालको सहयोग गर्न तयार रहेको भन्दै दिबस सफलताको शुभकामना समेत दिनु भएको थियो ।

कार्यक्रम महिला तथा बालबालिका कार्यालयका निमित्त महिला विकास अधिकृत विमला लम्सालको अध्यक्षता, छमा कार्कीको स्वागत मन्तव्य र सुशिला गैरेको संचालनमा सम्पन्न भएको थियो ।

Advertisement

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.