अर्घाखाँचीः गाउँभर सडकै सडक

घनश्याम पौडेलसन्धिखर्क, २२ फागुन 

गोरुसिङ्गे देखि अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा कालोपत्रे सड्क सञ्चालनमा आएको वर्षोदिन भयो । देश संघीय संरचना अनुसार जिल्लामा स्थानिय तह सञ्चालन हुनुभन्दा पहिले नै सवै गाविसमा सड्क पुगेको जिल्ला हो अर्घाखाँची । जिल्लाको सदरमुकाम सन्धिखर्कमा ग्रामिण क्षेत्रबाट यातायातका साधन बस जिपहरु सवारी लिएर आउँछन । स्थानिय तहको संरचना पछि गाडि नपुगेको जिल्लाको टोलटोलमा यातायात पु¥याउँन स्थानिय तह सक्रिय छन ।

अन्य क्षेत्रमा भन्दा सवैभन्दा धेरै बजेट स्थानिय तहले यातायातको क्षेत्रमा छुट्टाएका छन । ६ स्थानिय तह रहेको अर्घाखाँचीमा ६१ वडा रहेका छन । जिल्लाकै व्यवसायीहरूले बाटो खन्नका लागी दर्जनौ मेसिन भित्र्याइसकेका छन । भित्र्याउने प्रक्रियामा रहेकाको लाइन पनि त्यत्तिकै छ । जनचाहनाका सडक केन्द्रित भएसँगै मेसिन भित्रिने क्रम पनि बढेको हो ।

जिल्लाको सन्धिखर्क नगरपालिकाले आफ्नै मेसिन खरिद गरेको छ । जिल्लाको एकमात्र आफ्नै भवन भएको स्थानिय तह हो सन्धिखर्क नगरपालिका । अन्य स्थानिय तहको तुलनामा काम गर्न सहज भएको नगरपालिका । नगर क्षेत्रका सवै वडालाई सडक सञ्जालले जोडेको छ । सवै वडाहरुमा बस चल्छन । विकासको प्रमुख आधार सडकलाई प्राथमिकतामा राखेको स्थायिनतहहरुले सबैभन्दा बढी बजेट समेत विनियोजन गरेको छ ।

स्थानिय तह तथा वडा कार्यालयहरु बाटो नपुगेको ठाउँमा बाटो लैजानका लागी लागिपरेका छन । छत्रदेव गाउँपालिकाको ठुलापोखरामा मोटरबाटोको लागी करिव ६८ लाख बजेट विनियोजन भएको छ । वडा र गाउँपालिकाबाट ६८ लाख बजेट छुट्टिएको छ, वडा अध्यक्ष कमल पौडेलले भने । ठुलापोखरामा बाटोको खासै समस्या छैन, अहिलेको बजेटबाट पुर्ण रुपमा बाटो डवल कटीङ्ग गर्ने, नाली व्यवस्थापन गर्ने र अफ्ठ्यारो ठाउँमा ग्राभेल गर्ने सम्मको तयारी छ, अहिले धेरै बजेट छुट्टाएकोले आउँदो वर्षदेखी बाटोको माग नआउँने अध्यक्ष पौडेलले बताए ।

टोलटोलमा मोटरबाटो पुग्दा जनतालाई आवातजावात गर्न सहज भएको जिल्ला बासीको भनाई छ ।  पाणिनी गाउँपालिकामा मोटरबाटो नपुगेको ठाउँ मैदानको भर्तापुरमा यसवर्ष मोटरबाटो सम्पन्न हुने गरी काम अगाडी बढेको गाउँपालिका अध्यक्ष अच्युत गौतमले बताए ।
पाणिनीमा अहिले नै सवै टोलटोलमा मोटरबाटो पुग्छ, लगभग ३ करोड रुपैँया मोटरबाटोको लागी विनियोजन भएको छ, अधिकांश ठाउँमा डबल कट्टीङ्ग, नाली व्यवस्थापनको काम हुन्छ, आउँदो वर्ष देखी ग्राभेल र पिचँको काम हुन्छ, अध्यक्ष गौतमले भने ।

पाणिनी गाउँपालिका र छत्रदेव ६ ठुलापोखराको उदाहरण जस्तै जिल्लाभरका सवै स्थानिय तहले मोटरबाटो खन्नका लागी धेरै बजेट विनियोजन गरेका छन । अहिले नै जिल्लाका अधिकांश टोल टोलमा मोटरबाटो पुग्दैछ । प्रदेश र प्रतिनिधी सभाको निर्वाचन पछी जिल्लामा मोटरबाटो खन्ने कामले तिव्रता पाएको हो ।

नगर तथा गाउँपालिकाका प्रमुखहरु मोटरबाटो खन्ने ठाउँमा अनुगमन गरीरहेका पाईन्छ, भने वडाअध्यक्षहरु मेसिन चलेको समय लेख्दै हिड्ेको पनी पाईन्छ । मोटरबाटोलाई ध्यान दिएजस्तै अन्य क्षमता अभिवृद्धि, कृषि, पशुपालन, शिक्षा, स्वास्थ्यका कार्यक्रमलाई पनी स्थानिय तहले ध्यान दिनुपर्ने हुन्छ ।

अर्घाखाँची: भैसीपालनबाट भविष्य उज्जल बनाउँदै कृषक

न्युयोर्कको संग्रहालयले नेपालबाट चोरिएका ८ सय बर्ष पूराना २ मूर्ति फिर्ता दिने

नेपालबाट चोरी भई न्युयोर्क ल्याइएका झण्डै ८ सय बर्ष पुराना दुई मूर्ति नेपाललाई नै फिर्ता दिइने भएको छ । न्युयोर्कको मेट्रोपोलिटन म्युजियम अफ आर्टमा आइपुगेका ती मूर्ति म्युजियमले नेपाल सरकारलाई फिर्ता दिन लागेको हो ।

सोमबार म्युजियममा नेपाल सरकारका महावाणिज्यदूत मधुकुमार मरासिनी र म्युजियमका अध्यक्ष डानियल एच विसले मुर्तीहरु फिर्ता गर्ने विषयमा सहमतिपत्रमा हस्ताक्षर गर्नुभयो ।

एउटा टंगालहिटी पाटनमा रहेको उमा महेश्वरको मूर्ति र अर्को यट्खाटोल काठमाडौमा रहेको बुद्धको पूर्णकदको मूर्ति सन् १९८० को दशकमा चोरी भएका थिए । तीमध्ये उमा महेश्वरको मूर्ती १२ औंदेखि १३ औं शताब्दीमा निर्माण भएको र बुद्धको ११ औंदेखि १२ औं शताब्दीमा निर्माण गरिएको विश्वास गरिएको छ ।

बरिष्ठ कलाविद् लैनसिंह बाङदेलले सन् १९८९ मा प्रकाशित पुस्तक स्टोलन इमेज अफ नेपाल पुस्तकमा उल्लेख भएको उमा महेश्वरको मूर्ति न्युयोर्कको मेट्रोपोलिटन म्युजियम अफ आर्टमा सन् १९८३ मा नै कसैले किनेर दान गरेको थियो । बुद्धको पूर्णकदको मूर्तिपनि कुनै दाताले किनेर म्युजियमलाई दान गरेका थिए ।

ती मूर्तिहरुचोरिएको रहेको थाहा हुनासाथ प्रदर्शनबाट हटाइएका थिए । म्युजियमका अध्यक्ष डानियल विसले संग्रहालयमा अवैध तरिकाले प्राप्त मूर्तिहरु नरहुन् भन्ने आफूहरुको उद्देश्य रहेको बताउनुभयो । महावाणिज्यदूत मधुकुमार मरासिनीले मूर्ति फिर्ता गर्न सहयोग गरेकोमा संग्रहालयलाई धन्यवाद दिनुभयो । मूर्तिहरु आगामी अप्रिलको पहिलो साता नेपालमा लगेर हस्तान्तरण गरिनेछ । त्यसका लागि मेट्रोपोलिटन म्युजियम अफ आर्टमा प्रतिनिधि पनि नेपाल जानेछन् ।

Source: khasokhas