मधुसुधन पाण्डे
छत्रदेव, २२ फागुन । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका ७ मा रहेको जनकल्याण माध्यमिक बिद्यालय भगवतीमा शुभकामना आदानप्रदान तथा बिदाई कार्यक्रम सम्पन्न भएको छ।
विद्यालयका कक्षा १० मा अध्ययनरत गर्ने बिद्यार्थीलाई कक्षा ९ मा पढ्ने बिद्यार्थीले एक कार्यक्रमको आयोजना गरि विदाई गरेका हुन्। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कविराम अधिकारीको प्रमुख अतिथ्यता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि प्रसाद पाण्डेको विशेष आतिथ्यता तथा बिद्यालयका शिक्षक तथा बिदाई हुने विद्यार्थीको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बिद्यार्थीहरु फर्सुराम पाण्डे, अस्मिता पाण्डे तथा शिक्षक शिक्षिकाहरु शुसन साह, खुमकला मुखिया,बिष्नुप्रसाद पाण्डे तथा प्रमुख अतिथि कविराम अधिकारीले मन्तव्य राखे ।
बोल्ने बिद्यार्थीहरुले आफुहरु बिद्यालयमा रहदा गरेका गल्ती कमजोरीलाई सबैले स्विकार गरि आफुहरुलाई खुसियालीका साथ बिदाई गर्न आग्रह गरेका थिए ।
साथै शिक्षक शिक्षिकाले बिद्यालय भनेको एउटा परिवार भएको र बिद्यार्थी परिवारका सदस्य रहेको र परिवारमा सानोतिनो गल्ती हुने र त्यस्तो गल्तीलाई आफुहरुले सहर्ष स्विकार गर्ने कुरामा जोड दिनुभएको थियो साथै उहाहरुले चैत ८ गतेदेखि सञ्चालन हुने एसईइ परिक्षामा उत्कृष्ट नतिजाका साथ सफल हुन आग्रह तथा शुभकामना समेत दिए । कार्यक्रम कक्षा ९ का विद्यार्थी सुस्मिता आचार्यको अध्यक्षता, अनुका श्रेष्ठको स्वागत र दुर्गा पाण्डेको सञ्चालनमा सम्पन्न भएको हो ।