संसदको पहिलो बैठकको यस्तो छ कार्यसूची

फागुन २१, २०७४ काठमाडौं 

संघीय संसदको पहिलो बैठक सोमबार बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको छुट्टाछुट्टै बैठक बस्न लागेको हो। प्रतिनिधिसभा बैठकमा जेष्ठ सदस्यका हैसियतमा सभामुख महन्थ ठाकुरले राष्ट्रपतिबाट संसद बैठक आव्हान भएको पत्र पढेर सुनाउनेछन्।

त्यस्तै राष्ट्रपतिबाट प्रधानमन्त्रीको नियुक्ति र प्रधानमन्त्रीले मन्त्रीहरु नियुक्त गरेको बारे पनि सदनलाई औपचारिक जानकारी गराइने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। बैठकबाट प्रतिनिधिसभा अन्तरिम कार्यविधि पारित गरिने सचिवालयका प्रवक्ता डाक्टर भरतराज गौतमले जानकारी दिए।

उनका अनुसार बैठकले प्रतिनिधिसभाको सभामुखको निर्वाचनको मिति तोक्नेछ। सभामुखको निर्वाचन फागुन २६ गते गर्ने तयारी छ। सोमबार नै बस्ने राष्ट्रियसभा बैठकले पनि राष्ट्रियसभा अन्तरिम कार्यविधि पारित गर्नेछ। साथै राष्ट्रियसभा अध्यक्षको निर्वाचनको मिति तोक्ने कार्यसूची रहेको जानकारी सचिवालयका प्रवक्ता गौतमले गराए।

19021866_10215697654617237_1518208114_n_zLfoFOaHoI.jpgराष्ट्रियसभा अध्यक्षको निर्वाचन फागुन ३० गते गर्ने तयारी छ। प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरुले आइतबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका थिए।
source : thahakhabar

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.