पितृशोकमा परेका ‘माननीय’लाई विकासकै चिन्ता

 मुक्तिनाथ भुसाल ,फागुन २१ अर्घाखाँची

माओवादी केन्द्रका नेता संघीय संसदका सदस्य तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पितृशोकमा पर्नुभएको छ । उहाँका बाबु बिनबहादुर रायमाझीको गत साता बुधबार निधन भएपछि यतिबेला सांसद रायमाझी बाबुको क्रियाकर्ममा हुनुहुन्छ । शोकमा पर्नुका साथै पित्रृको क्रियाकर्म सम्पन्न नभएकै कारण उहाँ हिजो सांसदको रुपमा सपथ खान संसदभवनमा समेत उपस्थित हुन सक्नुभएन ।

बाबुको देहान्तका दिन सुन्यता नियाल्दै बलिन्द्रधारा आँशु बगाउनुभएका माननीय रायमाझीको घरमा सान्त्वना दिन आउने शुभचिन्तकको भीड लागिरहेको छ । छैठौँ दिन पुग्दै गर्दा उहाँले खुलेर जिल्लाको विकासका बारेमा कुराकानी गर्नुभयो ।

जिल्लामा विमानस्थलका लागि शिलान्याश गरिएको लामो समय बित्दा पनि मिल्न नसकेका प्रक्रियाहरु यसैसाता सबै मिलिसकेको कारण अब कामले गति लिने उहाँले जानकारी दिनुभयो । यसैगरी जिल्लाको चाक्ला, सिद्धारा, धानखोला हुँदै भालुवाङसम्मको सडक अनि उपल्लोपोखरा, भुमिकास्थान, पिपलनेटा हुँदै गोखुङा र अमराईदेखि जुकेनासम्मको सडक मर्मत ग्राभेलको कार्य पनि यसपालिको प्रगतिका रुपमा स्मरण गर्नुभएको थियो ।

यस विषयमा जिल्ला प्राविधिक कार्यालय अर्घाखाँचीका प्रमुख इन्जिीनीयर श्याममणि काप्लेसँग थप जिज्ञासा राख्दा माथि उल्लेखित तीनवटा सडकमा जम्मा ३० किलोमिटर लम्बाईमा आवश्यकीय सबै कार्य पुरा गरिने जानकारी उहाँले दिनुभयो ।

नेकपा माओवादी केन्द्रको स्थायी समिति सदस्य र केन्द्रिय सचिवसमेत रहिसक्नु भएका टोपबहादुर रायमाझी नेकपा माओवादी केन्द्रको दोस्रो पुस्ताका प्रभावशाली नेतामध्ये एक मानिनुहुन्छ । करिव १२वर्षे भूमिगत र दुईवर्षे बन्दी जीवन बिताउनुभएका रायमाझी पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ शक्ति नेपाल नखोल्दासम्म वहाँका विश्वासपात्रका रुपमा चिनिनुहुन्थ्यो । झलनाथ खनाल नेतृत्वको सरकारमा भौतिक योजना तथा निर्माणमन्त्री बन्नुभएका रायमाझी डा. भट्टराई नेतृत्वको सरकारमा स्थानीय विकास तथा भुमिसुधार मन्त्री र शान्ति तथा पुनर्निर्माण मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

केपी ओली नेतृत्वको सरकारमा उपप्रधान तथा उर्जामन्त्री बन्नुभए

का रायमाझी ०७० को निर्वाचनपश्चात माओवादी केन्द्रको स्थायी समिति केन्द्रिय हेडक्वाटर सदस्य, पार्टीको केन्द्रिय सचिव तथा संसदीय दलको उपनेता समेत बन्नुभएको थियो । २०६४ सालको संविधानसभा निर्वाचनबाट लगातार विजयी हुँदै आउनुभएका वहाँ हाल माओवादीतर्फबाट प्रत्यक्षमा निर्वाचित हुने जिल्लाका एक मात्र विजयी प्रतिनिधिसभा सदस्य हुनुहुन्छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.