अर्जुन भुसाल, फागुन १८
नेकपा माओवादी केन्द्र भुमिकास्थान नगरपालिकाको वैठक सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा जिल्ला संयोजक ठाकुर कुमार विकको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रम जिल्ला कमिटी सचिवालय सदस्य सुभाष चन्द्र वञ्जाडे, सर्मिला पोख्रेल, इमानसिंह नेपाली, दुर्गा बहादुर कुवँर, भुमिकास्थान नगरपालिकाका प्रमुख रेशम थापा लगायतले आतिथ्यता रहेको थियो ।
वैठकलाई सम्वोधन गर्दै पालिटव्युरो सदस्य तथा जिल्ला संयोजक विकले एमाले र माओवादी केन्द्रका बीचको पार्टी एकता अव छिट्टै घोषणा हुने हुँदा एकता विरोधी अभिव्यक्ति र गतिविधि नगर्न निर्देशन दिनुभयो । वामपन्थी नेतृत्वको सरकारले मुलकलाई पाँच वर्ष भित्र समृद्ध बनाउने उहाँले बताउनु भयो । कार्यक्रममा सहिद परिवार रणबहादुर सुनार, मैया घर्तीलाई अभिनन्दन गरिएको थियो ।
भुनपा १ का श्याम चुदाली नेकपा परित्याग गरि अखिल नेपाल प्रगतिशिल जनवास्थ्य कर्मी संगठन जिल्ला समितिमा आवद्ध हुनु भएको छ । यस्तै नेकपाकै जिल्ला सदस्य ढुण्डी खनाल पनि माओवादी केन्द्रमा प्रवेश गर्नु भएको छ । वैठकले वडा स्तरमा वैठक भेला गर्ने तथा लेवि संकलन गर्ने कार्यलाई तीव्र पारिने निर्णय गरेको छ ।
वैठक नेकपा माओवादी केन्द्रकी जिल्ला कमिटी सहसंयोजक तथा भुमिकास्थान नगरपालिकाकी संयोजक छमकुमारी खनाल चिनारीको अध्यक्षता र सहसंयोजक राजेन्द्र आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।