प्रेम बन्जाडे, फागुन १८ बुटवल
धारापानी रुपन्देही सम्पर्क मन्चले बुटवलमा होली मिलन कार्यक्रम गरेको छ । बुटवल १३ स्थित कार्यालय परिषरमा सुक्रबार एक कार्यक्रमको आयोजना गरी होली मनाएको हो ।
मन्चका अध्यक्ष प्रेम बन्जाडेको अध्यक्षता तथा महासचिव देवीराम बन्जाडेको संचालनमा भएको होली मिलन कार्यक्रममा मन्चका बरिष्ठ सल्लाहाकार रामप्रसाद बन्जाडेले गतिविधिका हिसावले अन्य सम्पर्क समाजहरुको तुलानामा धारापानी रुपन्देही समिति अग्र स्थानमा रहेको बताउनुभयो ।
मन्चका प्रथम उपाध्यक्ष कमल बन्जाडेको स्वगतमा सम्पन्न कार्यक्रममा होलीका अवसरमा टिका तथा शुभकामना आदनप्रदान समेत गरिएको थियो ।