धातिवाङ्ग माविका कक्षा १० का विद्यार्थीलाई कक्षा ९ का विद्यार्थीले विदाई गरे

घनश्याम पौडेल , फागुन १८

अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिका ६ धातिवाङ्गमा रहेको धातिवाङ्ग माविका कक्षा १० का विद्यार्थीलाई कक्षा ९ का विद्यार्थीले सुक्रबार विदाई तथा शुभकामना आदानप्रदान सम्पन्न गरेका छन ।

विदाई भएर जान लागेका कक्षा १० का विद्यार्थीहरू लक्ष्मी पौडेल र झविन्द्र पौडेलले मिहिनेतका साथ अध्ययन गरि जिल्लाकै उत्कृष्ट विद्यालय बनाई नाम राख्ने प्रतिबद्धता जनाए । कक्षा ९ का विद्यार्थीहरू विन्दु पौडेल, अनिशा पौडेल, गणेश पौडेल, बिनोद पौडेल, तुलबहादुर सारू लगाएतले विदाई भएर जान लागेका विद्यार्थीलाई उच्च ग्रेड ल्याउनको लागी सफलताको शुभकामना व्यक्त गरे ।

विद्यालयका प्र.अ. हिमलाल पौडेलले राम्रोसँग अध्ययन गरि विद्यालयको नाम चिनाउँन आग्रह गरे । पुर्व विद्यार्थी तथा पत्रकार घनश्याम पौडेलले अवको छोटो समयमा अत्यन्तै मिहिनेत गरि विद्यालयको गरिमा राख्न आग्रह गरे । पुर्व विद्यार्थी सुशील पौडेलले पनि सफलताको शुभकामना व्यक्त गरे । कार्यक्रम कक्षा ९ का विद्यार्थी सुदिप पौडेलको अध्यक्षता, सुजता पौडेलको सञ्चालन र विनोद पौडेलको स्वागतमा सम्पन्न भएको हो । धातिवाङ्ग माविमा एसईई परीक्षा दिनका लागि २२ जना विद्यार्थी रहेका छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.