बिष्णु खनाल, फागुन १६
अर्घाखाँची इलाका वन कार्यलय पावर सिमलपानीले सामुदायिक वन सहजकर्ताको छनौट कार्य सम्पन्न गरेको छ । शितगंगा नगरपालिका वार्ड नं. १३ र १४ मा रहेका सामुदायिक वनहरुका संस्थागत विकास र वन उपभोत्ता समुहलाई पारदर्शिता बनाउनका लागि सहजकर्ता छनौट गरिएको हो । ईलाका वन कार्यलय पावरमा भएको छनौट कार्यक्रममा १७ जना परीक्षामा सहभागी भएका थिए ।
१९ वटा सामुदायिक वनलाई आधार मानेर ५ जना सामुदायिक वन सहजकर्ता छनौट गरिएको छ । यसरि छनौट हुनेहरुमा राधा बि.सि., टेक बहादुर बि.सि., बिष्णु बहादुर सारु, हिमाल रेश्मी र कृष्ण प्रसाद अधिकारी रहनु भएको छ । छनौट भएका सहजकर्ताले सामुदायिक वन उपभोक्ता समुहलाई पारदर्शी बनाउन ईलाका वन कार्यलयसँग सहजिकरण गरि काम गर्नेछन् ।
सहजकर्ता छनौट कार्यक्रममा शितगंगा नगरपालिका वार्ड नं. १३ का वडाध्यक्ष दुर्गा बि.सि., वार्ड नं. १४ का वडाध्यक्ष दामादेर न्यौपाने, ईलाका वन कार्यलय पावरका प्रमुख जितेन्द्र सिंह खड्का, फरेस्टर धमेन्द्र धिक्त, प्रत्येक सामुदायिक वन समुहका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।