विष्णु खनाल फागुन १५ अर्घाखाँची
बुद्ध सामुदायिक बन उपभोक्ता समुह को नबौ साधारणसभा तथा सार्वजनिक सुनुवाइ कार्यक्रममा सितगगा नगरपालिका वार्ड नम्बर १४ बठेनिमा सम्पन्न भएको छ ।
कार्यक्रम मा मन्तब्य राख्दै ईलाका बन कार्ययलय सिमलपानिका प्रमुख जितेन्द्र खड्काले सामुदायिक बन हरु छिट्टै बैज्ञानिक बन तर्फ लैजानु पर्ने बताउदै सामुदायिक बन ब्यबस्थापन गर्न निकै चुनौतीपूर्ण भएपनि सामुदायिक बनका पदाधिकारीले चुनौती को सामना गर्दै काम राम्रो गरेकोमा धन्यबाद दिनु भएको थियो ।
बुद्ध सामुदायिक बनका अध्यक्ष डिलमाया पुनको अध्यक्ष ता सिनपा १४ का वार्ड सदस्य लालबहादुर पान्डे पत्रकार बिस्नु खनाल ईलाका बन कार्यलयका फरेष्टर धर्मेन्द्र धिक्त बन उपभोक्ता समुहका सदस्य राम बहादुर सोमरे साबउस का सदस्य उपभोक्ता हरु को बाक्लो उपस्थिति रहेको थियोे ।
कार्यक्रममा अपांग ता भएका जेहेनदार बिधार्थि हरुलाई समुहले सम्मान गरेको थियो । कार्यक्रम डिलमाया पुनको अध्यक्ष ता थम्मन ताम्राकार र सचिब प्रेम बहादुर थापाको सन्चालनमा सम्पन्न भएको हो ।