जनता माध्यमिक विद्यालय गढवा – १, कालाकाटे दाङको ४१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न ।

दाङ,फागुन १२
जनता माध्यमिक विद्यालय गढवा – १, कालाकाटे दाङको ४१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस एक समारोहबिच भव्य रुपमा सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमबहादुर के.सी. को अध्यक्षता एवं गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सहजराम यादव, विशिष्ट अतिथि गढवा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष बाबुराम अधिकारी , शिक्षक अभिभावक संघका अध्यक्ष कृष्णबहादुर गिरी, पूर्व वि.व्य.स. अध्यक्ष एवं सल्लाहकार हरि सुवेदी , अर्का पूर्व वि.व्य.स. अध्यक्ष एवं सल्लाहकार ढकबहादुर महतरा, सल्लाहकार माधव सापकोटा , पूर्व प्र.अ.वासुदेव वेल्वासे र शिक्षक देवलाल यादवले मन्तव्य राखेका थिए ।
उक्त कार्यक्रममा दीर्घ सेवा पुरस्कारबाट शिक्षक देवलाल यादवलाई प्रमाणपत्र र मायाको चिनो सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने शैक्षिक सत्र २०७४ मा सबैभन्दा धेरै दिन विद्यालयमा उपस्थित भएकोमा शिक्षक द्वय लालमणि गिरी र सुखराम चौधरीलाई सम्मान गरिएको थियो ।
त्यसैगरी लामो समय विद्यालयमा अध्यापन गरी महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा पूर्व प्र.अ. समेत रहेका वासुदेव वेल्वासे तथा पूर्व शिक्षक द्वय सुन्दर शाह र विक्रम वेल्वासेलाई मायाको चिनो, कदर पत्र र खादा ओढाएर विदाइ गरिएको थियो ।
त्यसैगरी वार्षिकोत्सवको अवसरमा प्रधानाध्यापक लोकेन्द्र के.सी. ले वार्षिक प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने वार्षिकोत्सवको अवसरमा आयोजना गरिएका विभिन्न खेलकुद प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रमको विद्यार्थीहरुले गीत तथा नृत्य प्रस्तुत गर्नुका साथै चेतनामूलक नाटक समेत प्रहसन गरेका थिए । शिक्षक कृष्णबहादुर कार्कीको स्वागत मन्तव्य एवं छात्राहरु बालिका थापा र एकिना जीएमको स्वागत गीतबाट सुरु भएको कार्यक्रमको संचालन सहायक प्र.अ. भानु जीएमले गरेका थिए ।

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.