घनश्याम पौडेल ,छत्रदेव, १० फागुन
विहान उज्यालो भएदेखी बेलुका अध्यारो हुदाँ सम्म चुलोचौकोमा व्यस्त हुने अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका ठुलापोखराका महिलाहरु आर्थिक समृद्धीमा लागेका छन ।
घर खर्च चलाउँनका लागी दुई चार रुपैँया चाहियो भनेर, श्रीमान तथा घरपरिवार सँग माग्न नपर्ने उदाहरण बनेका छन । उनीहरुले २५ जनाको समुह बनाई बाख्रापालन व्यवसाय सञ्चालन गरेका छन । समुह भित्र बाख्रापालनका लागी आवश्यक पर्ने सवै सामाग्रीहरु पनी राखेका छन ।
किसानका लागी उन्नत विउँविजन कार्यक्रमको पुरक अनुदान तथा जिल्ला पशु सेवा कार्यालय अर्घाखाँचीको सहकार्यमा गठीत गणेश बाख्रापालन समुहका महिलाहरु अहिले बाख्रा विक्रीबाट आम्दानी गरेको बताउँछन ।
समुहकी अध्यक्ष सावित्रा बन्जाडे भन्छीन्, यहाँका महिलाहरु आर्थिक समृद्धिमा लागेका छन, केयुविकेको जस्तै गाउँपालिका तथा वडाबाट सहयोग हुनुपर्छ, पुरुष र महिलामा केही अन्तर छैन, महिलाहरुले पनी प्रशस्त आम्दानी गर्न सक्छन । जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. लोकनाथ पौडेलले राम्रो काम गरेमा गाउँबाटै समृद्ध बन्न सकिने बताए ।
केयुविकेकी निमित्त प्रमुख राधा नेपालीले कृषकहरुले गरेको कामको प्रशंसा गर्दै अझै राम्रो आम्दानी गर्न आउँदो दिनमा निरन्तर लाग्न आग्रह गरीन ।
वडा अध्यक्ष कमल पौडेलले बाख्रापालनबाट आयआर्जन सुरु भएको बताउँदै समुहलाई फैलाउँन र वडा भरि पशु तथा कृषिका कार्यक्रमलाई निरन्तरता दिन वडा प्रतिवद्ध रहेको बताए ।
गणेश बाख्रापालन समुहसँग क्रस गरेको वोयर बोका, २५ वटा आधुनिक बाख्रापालन खोर निमार्ण, ४ वटा स्थानिय बोका, औषधी देखी बाख्रापालनका लागी आवश्यक सवै सामाग्री रहेको समुहकी सचिव सरला बन्जाडेले बताईन ।
यहाँको समुहले बाख्रापालनबाट उत्पादीत मासु विक्री गरेर ८ लाख ४१ हजार ५ सय आम्दानी गर्न महिला कृषकहरु सफल भएको कोषाध्यक्ष सुनिता बन्जाडेले बताईन ।
उनी भन्छीन्, बालबालीकाको पढाई खर्च तथा घरको चियाँ खर्चका लागी श्रीमानको आश गर्नु पर्दैन, काम गरेमा महिला आफै सक्षम हुन्छन्, यो कार्यलाई निरन्तरता दिन सवै लाग्नुपर्छ ।
पछिल्लो समयमा अर्घाखाँची जिल्लाका विभिन्न गाउँमा सरकारी तथा गैरसरकारी संस्थाहरुको सहयोगमा समुहहरु बनाई महिलाहरु आर्थिक समृद्ध बन्न लागीपरेका छन, कहीँ पशुपालन, कहीँ व्यवसायीक कृषि खेती तथा विभिन्न कार्य गरी आम्दानीको स्रोतमा लागेका छन्, ।