सहयोगी बिसी, ६ फागुन सन्धिखर्क
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका बडानम्बर २ को आयोजनामा अन्तर माध्यमिक विद्यालय सन्धिखर्क नगर स्तरिय भलिबल प्रतियोगिता सुरु भएको छ ।
प्रजातन्त्र दिवसको अबसरमा आयोजित भलिवल प्रतियोगितामा नगर भित्रका १५ माध्यमिक विद्यालय मध्ये १२ माविका खेलाडी हरुको सहभागिता रहेको छ । अर्घाखाँची आबासिय मावि बेलबाटिकाको खेलमैदानमा सुरु भएको खेलको एक समारोहका बिच सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले भलिबल सर्भीस गरी उदघाटन गर्नुभएको हो ।
भलिबलको खेल संयोजकमा अर्घाखाँची आबासिय माबिका प्राचार्य श्रीकृष्ण भुसाल, जनज्योति माविका प्राचार्य पशुपति भुसाल र भगवती माविका प्राचार्य श्याम बहादुर भुसाल सदस्य रहेको समितिले यस खेलको संयोजन गरेको छ । खेलमा रेफ्रीको भुमिकामा टोमलाल आचार्य बाबुराम कार्की लगायतका रहेका छन ।
खेल उदघाटन समारोहमा प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, नगर उपप्रमुख ठाकुर कुमार बिक, नगर शिक्षा अधिकारी बलराम मिश्र, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
खेलमा प्रथम स्थान हासिल गर्ने विद्यालयलाई तीस हजार द्धतियलाई विस हजार, तृतीय स्थान हासिल गर्नेलाई पन्ध्र हजार प्रदान गर्नुको साथै उत्कृष्ट खेलाडिलाई ट्रफी र नगद पाचँ हजार प्रदान गरिने वडा सचिव बिष्णु प्रसाद आचार्यले जानाकारी दिनुभयो ।
आयोजक सन्धिखर्क नगरपालिकाका वडानम्बर २ का अध्यक्ष मोतिजंग रायमाझी जिल्ला खेलकुद बिकास समितिको अध्यक्षमा ३ कार्यकाल जिम्मेवारी समाल्नु भएका व्यक्ती हुन, उनले खेल क्षेत्रमा एक लाख ५० हजार रकम छुट्टाएका छन । यस वडाले एकादशी मेला र माघेसक्रान्ती मेला समेतमा बजेट छुट्टाई संस्कृति संरक्षणमा समेतमा उल्लेखनीय भुमिका खेलेको छ ।