निर्वाचन दिवस भव्य रुपमा मनाइने

काठमाडौं, फागुन ६ – निर्वाचन आयोगले आउदो फागुन ७ गते सोमबार निर्वाचन दिवस भव्य रुपमा मनाउने भएको छ ।

मुलुकको राजनीतिक र संवैधानिक संक्रमणलाई शीघ्र अन्त्य गर्ने सन्दर्भमा एक वर्षभित्र चार वटा महत्वपूर्ण निर्वाचन गराएर स्यावासी पाएको आयोगले दिवस उत्साहका साथ मनाउन लागेको हो ।

स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा सदस्यको निर्वाचन सफलतापूर्वक पूरा गरी आयोग अहिले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको तयारीमा जुटिरहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा फागुन ७ गते मूल समारोहसहित तीन दिनसम्म विविध कार्यक्रम गरी निर्वाचन दिवस भव्यरुपमा मनाउन लागेको प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

विसं २०१५ मा पहिलो संसदीय निर्वाचन सुरु भएको दिन फागुन ७ गतेलाई आयोगले केही वर्षदेखि निर्वाचन दिवसका रुपमा मनाउन थालेको हो ।

‘स्वच्छ र स्वतन्त्र निर्वाचन’ विषयको अन्तरक्रिया, निर्वाचनमा समावेशीता विषयक परिसंवाद, निर्वाचन परिणाम पुस्तिका प्रकाशन, प्रभातफेरीदेखि रक्तदान हुँदै कृतिवाचनसम्मका कार्यक्रम तय गरिएको उहाँले जानकारी दिनुभयो ।

Source : रासस \Ujyaaloonline.com

Advertisement

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.