घनश्याम पौडेल,फागुन ५ सन्धिखर्क
सार्वजनिक शौचालय तथा दिशा जन्य लेदो व्यवस्थापन सम्बन्धी तालिम सन्धिखर्कमा सम्पन्न भएको छ । जिल्ला स्तरिय खानेपानी सरसफाई स्वच्छता समन्वय समिती अर्घाखाँचीको आयोजना, ग्लोलव स्यानिटेशन फण्ड युएन ह्यावीटेटको आर्थिक तथा प्राविधिक सहयोग तथा प्रकाश सचेतन समूह प्रागको सहजीरकणमा तालिम सम्पन्न भएको हो। तालिमको उदघाटन गर्दै राष्ट्रिय खानेपानी सरसफाई स्वच्छता समन्वय समितीका सदस्य प्रेम कृष्ण श्रेष्ठले सफासुग्गर गाउँ बनाउँन सुरुवात घरबाटै गर्नमा सवैले ध्यान दिनुपर्ने बताए । उनले सन् २०३० सम्ममा सवै नेपालीको घरमा स्वस्थकर खानेपानी पु¥याउँने उद्देश्य तथा नेपाल खुल्ला दिशामुक्तको अन्तिम चरण तथा पुर्ण सरसफाईको अभियानले तिव्रता पाएको बताए ।
राष्ट्रिय खानेपानी सरसफाई स्वच्छता समन्वय समितीका सदस्य राजेन्द्र अर्यालले सामुहिक प्रयत्नले बागमती सफा बनेको भन्दै सफा नेपाल बनाउँन सवै लागीपर्नुपर्ने बताए । सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल भुसालले सार्वजनिक शौचालय प्रयोगमा ल्याउँन स्थानियले ध्यान दिनुपर्ने बताए । उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले सार्वजनिक शौचालय प्रयोगमा नआएकाले सम्बन्धीत निकायले ध्यान दिनुपर्ने बताए ।
पत्रकार महासंघका अध्यक्ष हिमलेकालीले जिल्लालाई पुर्ण सरसफाई युक्त बनाउँनमा पत्रकारको सकारात्मक भुमिका रहने बताए । तालिमको उदघाटन सत्र जिल्ला खानेपानी सरसफाई स्वच्छता समन्वय समितीका उपाध्यक्ष ऋषिबहादुर पुलामीको अध्यक्षता, प्रागका निर्देशक प्रेम गैरेको सञ्चालनमा सम्पन्न भएको तालिममा शितगंगा नगरपालिकाका नगरप्रमुख सुर्यप्रसाद अधिकारी, भुमिकास्थानका प्रमुख रेशम थापा लगायतको सहभागिता रहेको थियो ।