सहयोगी बिसी,फागुन ५ सन्धिखर्क
अर्घाखाँची युवा परिषदको दोस्रो अधिवेशनबाट अध्यक्षमा काजी श्रेष्ठ निर्वाचित हुनु भएको छ । जसको उपाध्यक्षमा केशव घिमिरे, डिलाराम भुसाल, महासचिवमा प्रकाश भुसाल, सचिव कृष्ण खनाल, सहसचिव वावुराम भुसाल, र कोषाध्यक्ष रुद्रप्रसाद श्रेष्ठ रहनु भएको छ । सदस्यमा बाबुराम भुसाल, प्रकाश बन्जाडे, ज्ञानेन्द्र घिमिरे, सन्तोष बस्नेत, तुल्सि भुसाल, लक्ष्मीनारायण खनाल र सुर्य थापा रहनु भएको छ ।
अधिबेशनको भुमिकास्थान नगरपालिकाका प्रमुख रेशम थापाले उद्घाटन गर्नु भएको थियो । उद्घाटन समारोहमा सन्धिखर्क नगरपालिका वडानम्बर १० का वडाअध्यक्ष लक्ष्मीनारायण चुदाली, १२ का वडाअध्यक्ष नारायण खड्का, उद्योग वाणिज्य संघका महासचिव नेत्रप्रसाद भुसाल, पत्रकार महासंघका अध्यक्ष हिमबहादुर जिसी लेकाली, संस्थापक सचिव सहयोगी बीसी लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम कृष्णप्रसाद भुसालको अध्यक्षता, धर्मराज भुसालको सञ्चालन र डिल्लीराज खनालको स्वागतमा सम्पन्न भएको हो ।