छत्रदेवलाई भष्ट्रचारमुक्त बनाउछौ–प्रमुख पोख्रेल

घनश्याम पौडेल
छत्रदेव, ४ फागुन । सुचना तथा शुसासन अभियान अर्घाखाँचीको अभिमुखिकरण कार्यक्रम छत्रदेव गाउँपालिका ४ र ५ को संयुक्त रुपमा केरुङ्गामा सम्पन्न भएको छ ।
सुचना तथा शुसासन अभियान अर्घाखाँचीको आयोजना तथा छत्रदेव गाउँपालिकाको सहकार्यमा भएको कार्यक्रममा मन्तव्य राख्दै गाउँपालिका अध्यक्ष लेखनाथ पोेख्रेलले गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेलले जनताको काम गर्न आफुहरु सबै एक भएर लागेको बताउँदै छत्रदेव गाउँपालिकाले छुट्याइएको बजेट कहाँ कुन शिर्षकमा भनी सोध्न आए गाउँपालिकाले स्पस्ट दिने बताए ।

उनले ३३४ घरमा छानो लगाउने काम प्रक्रियामा पुगेको र त्यो काम छिट्टै सम्पन्न हुने बताए । केरुङ्गामा डोजर चलेको बताउदै जतिसक्दो सस्तो र सुलभ तारिकाले जनतालाई सेवा दिने उदघोष गरेका पोख्रेलले सोलार बत्तीहरु खरिद गर्ने प्रक्रियामा गएको बताए । छत्रदेवलाई शुन्य भष्ट्राचार बनाउन आफ्नो कार्यकाल सफल हुने दाबी समेत गरे । प्रमुख प्रशासकिय अधिकृत भेषराज पन्तले नागरिकको सुचना माग्ने बानी नभएको भन्दै गाउँपालिकाभित्र सुचनाहरु दिन कुनै कन्जुसाई नहुने बताए । उनले गाउँपालिकाबाट उपलब्ध हुने ४० प्रकारका औषधी मध्ये केही औषधी बाहेक अरु पाइदैनन् भन्ने गुनासोलाई सम्बोधन गर्दै आफुहरु भरपुर रुपमा औषधी खरिदको क्रममा रहेको बताउदै केही समयमा नै अत्यावश्यक औषधी उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।

सूचना तथा सुशासन अभियान अर्घाखाँचीका अध्यक्ष मुक्तीनाथ भुसालले नागरिकले वडामा हुने हरेक कुराको जानकारी लिनबाट पछि नहट्न सवैलाई आग्रह गर्दै आवश्यक सहयोग गर्न सिआईजी तयार रहेको बताए । वडा नम्बर ५ का वडा अध्यक्ष बालकृष्ण श्रेष्ठले सुचनाको हक लिने अधिकार सम्पूर्ण नागरिकको भएको भन्दै सुचना लिनका लागि कसैले राजनीति गर्न नहुने र सम्पूर्ण राजनीतिक दलले पनि राजनिती भन्दा माथि उठेर काम गर्नुपर्नेमा जोड दिए ।
पत्रकार घनश्याम पौडेलले सुचना पत्रकारले मात्र नमागी सम्पूर्ण नागरिकले माग्नुपर्ने बताए । सारदा माविका प्रअ लालमणि पाण्डेलेसुचनाको हक मानिसको जन्मसिद्ध अधिकार भएको बताउदै सुचना लिनका लागि पछि नपर्नुपर्नेमा जोड दिए ।
कार्यक्रम छत्रदेव गाउँपालिका ४ का वडाअध्यक्ष अशोककुमार श्रेष्ठको अध्यक्षता, वडा नम्बर ५ का सचिव शान्ता भुसालको सञ्चालन र वडा सदस्य लक्ष्मी विकको स्वागतमा सम्पन्न भएको हो ।

 

Advertisement

पाणिनी बहुमुखी क्याम्पस सन्धिखर्कमा बिदाइ कार्यक्रम सम्पन्न ।

अभिनव चौहान

बिबिएस तेस्रो बर्षको मुख्य आयोजना र स्ववियुको समन्वयमा  एक कार्यक्रमको आयोजना गरी पाणिनी बहुमुखी क्याम्पस सन्धिखर्कमा  बिबिएस चौथो बर्षमा अध्ययन गर्ने सम्पुर्ण बिद्यार्थीलाई बिदाइ गरिएको छ । विदाई कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख ज्ञानबहादुर क्षेत्रीले सफलताको शुभकामना व्यक्त गर्दै क्याम्पसका सिकेका सकारात्मक कुराको ज्ञान लिन आग्रह गर्दै उत्तिर्ण हुने विद्यार्थीलाई क्याम्पसमै एमविएस सञ्चालनमा ल्याएकाले आउँदो वर्ष एमविएस पढ्न यहीँ आउँन आग्रह गरे । कार्यक्रममा मालारानीका विनी रमेश पन्थी, उपप्रध्यापक संघका उपसभापती मञ्जु घिमिरे, स्ववियु सभापति लक्ष्मण खड्काले मन्तव्य राख्दै सफलताको शुभकामना व्यक्त गरे । कार्यक्रममा बिदाइ भएर जाने बिद्यार्थीहरु रामचन्द्र श्रेष्ठ र पुष्पा गैरेले बिदाइ मन्तव्य राख्दै क्याम्पसले देखाएको मार्गमा हिड्ने बताए । कार्यक्रममा अभिनव चौहान, सम्झना ज्ञावाली, रेखा बिश्वकर्माले गित तथा नृत्य मार्फत मनोरञ्जन गराएका थिए । कार्यक्रम विविएस तेस्रो वर्षका विद्यार्थी सुदिप खनालको अध्यक्षता, मेलिना सिंह ठकुरीको स्वागत र विराज मुखियाको सञ्चालनमा सम्पन्न भएको हो ।

 

गौरीशंकर इङ्गलिस वोर्डिङ्ग स्कुलमा खेलकुद सप्ताह संचालन ।

 

शिव वेल्बासे, फाल्गुण ३

सन्धिखर्क स्थित गौरीशंकर इङ्गलिस वोर्डिङ्ग स्कुलमा खेलकुद सप्ताह संचालन भएको छ । चार सदनमा विभाजित विद्यार्थी समुहबिच विभिन्न खेलहरू संचालन गरिएको हो । दौड, म्युजिकल चेयर, स्पन रेस, सियो दौड, सट पट लगायतका खेलहरू संचालन गरिएको छ । बिद्यालयले सप्ताह अन्तरगत महिला अभिभावकहरूको कुर्चि प्रतियोगीता पनि सम्पन्न गरेको हो जसमा तुलसा पोखरेल प्रथम, गोमा महत्रा द्वितीय र सिता वि.सी तृतीय भएका थिए । कार्यक्रममा प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी लिल वहादुर राउत क्षेत्रीले ओलम्पिक ज्वाला प्रज्वलन गरि उद्घाटन गरेका थिए । खेलको उद्घाटन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भेष वहादुर वि.सीको अध्यक्षता,शिक्षक मोहन खनालको स्वागत मन्तब्य र शिव वेल्वासेको संचालनमा सम्पन्न भएको हो । सुक्रबार पुरूष अभिभावकको दौड प्रतियोगिता, भलिवल खेल लगायतका खेल संगै शैक्षिक पुरस्कार र खेल पुरस्कार वितरण गरिने प्रिन्सिपल गणेश क्षेत्रिले बताउनु भएको छ

ठुलापोखरामा सुचना तथा शुसासन अभियान अभिमुखिकरण कार्यक्रम सम्पन्न ।

मुक्तिनाथ भुसाल फाल्गुण ३

छत्रदेव गाउँपालिका अर्घाखाँचीको सहकार्य र सूचना तथा सुशासन अभियान, सिआईजीको आयोजनामा  छत्रदेव गाउँपालिका वडा नम्वर ६ लाई लक्षित गरि ठुलापोखरामा सूचनाको हक सम्वन्धी अभिमुखिकरण तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी तथा गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेलले छत्रदेव गाउँपालिकालाई मुलुककैई नमुना योग्य बनाउने हो भने इमान्दारीताको खाँचो रहेको बताउँदै आफुले लेख्ने पेनको समेत हिसाव खोज्न सहभागीहरुलाई आव्हान गर्नु भएको थियो । कार्यक्रममा आफनो भनाई राख्ने क्रममा प्रमुख प्रशासकिय अधिकृत भेषराज पन्थले नागरिकले आफुलाई यो मुलुकको मालिकका रुपमा चिनाउने हो भने अव ढिलाई नगरि आफुहरुका प्रत्येक गतिविधीहरुमा केन्द्रित भई सूचना माग्न आव्हान गर्दै आफुहरु सूचना दिन आत्तुर भएको बताउनु भएको थियो ।

यसैगरि, वडा नम्वर ६ का वडा अध्यक्ष कमल पौडेलले अर्घाखाँचीका सबै वडाहरु मध्ये आफनो वडाका स्थानियहरुले धेरै सूचना लिएर जिल्लाकैई अव्वल वडा बनाउनु पर्ने सुझाव दिनु भएको थियो । कार्यक्रममा नेरा माविका प्रअ शालिकराम उपाध्याय, स्वास्थ्य समन्वय इकाई संयोजक विश्व देव न्यौपाने लगायतका ब्यक्तिहरुले मनत्व्य राख्नु हुदै जनतालाई सचेत बनाएर मात्रै समाजमा सुशासन कायम गर्न सकिने बताउनु भएको थियो । सूचनाको हक सम्वन्धमा सिआईजी अध्यक्ष तथा सूचनाको हकका अभियन्ता मुक्तिनाथ भुसालले सहजीकरण गर्नु भएको उक्त कार्यक्रमलाई कार्यालय सहायक मणिराम वि.कको सन्चालन वडा सदस्य ज्ञान प्रसाद पान्डेकोे स्वागत मनत्व्य र वडा अध्यक्ष कमल पौडेलको सभापतीत्व रहेको थियो । कार्यक्रममा प्रमुख तथा विशिष्ट अतिथीहरुको हातवाट वडाका सम्पूर्ण विधालय तथा सूचना अधिकारीहरुलाई सुशासन प्रर्बद्धनका लागि मायाको चिनो प्रदान समेत गरिएको थियो ।

यसैगरि  फाल्गुण ४ गते छत्रदेव गाउँपालिका वडा नम्वर ४ र ५ लाई लक्षित गरि अमराईमा सूचनाको हक सम्वन्धी अभिमुखिकरण कार्यक्रम तय गरिएको सूचना तथा सुशासन अभियान सिआईजीले जानकारी गराएको छ ।

चन्द्र माध्यमिक विद्यालय चिदिकामा आयोडिन मन्थ कार्यक्रम मनाईयो ।

 

घनश्याम पौडेल,फाल्गुण ३

विद्यालय चिदिकामा बिहिबार मनाईएको छ । सुआहारा कार्यक्रम लुम्बिनी सामाजिक विकास केन्द्रको सहजीकरणमा भएको कार्यक्रममा आयोडिन युक्त नुनबारे जनचेतना फैलाउने उद्देश्यले कक्षा १० का १२ जना विद्यार्थीलाई जानकारी गराईएको थियो । फेव्रुबरी १ देखी ३० गतेसम्म मनाईने आयोनिय मन्थ कार्यक्रमको सहजीकरण फिल्ड सुपरभाईजरद्धय सञ्जय पाण्डे, सन्जु केसी र पोषण सहजकर्ता कोपीला पन्थीले गरेका थिए ।