कुन प्रदेशमा सभामुखको चुनाव कहिले हुने?

आइतबार ४ वटा प्रदेशसभाको बैठक सम्पन्न भएको छ।

प्रदेश नम्बर २, ५, ६ र ७ प्रदेशको प्रथम प्रदेशसभा बैठक सम्पन्न भएको हो।

हेर्नुहोस् कुन प्रदेशमा सभामुखको चुनाव कहिले?

प्रदेश नम्बर २

जनकपुरधाममा सम्पन्न पहिलो प्रदेशसभा बैठकले माघ २९ गते दोस्रो बैठक आह्वान गर्दै फागुन २ गतेका लागि सभामुखको निर्वाचनको मिति तोकेको छ। प्रदेश नम्बर २ को प्रदेश सभा बैठक सुरू हुनु अगावै बैठक केही समयका लागि अवरुद्ध भएको थियो।

मधेशी दलका नेताहरूले बैठक कक्षमा जनआन्दोलनका शहीदका तस्बिर राखिएको र मधेश आन्दोलनका शहीदहरूको तस्बिर नराखिएकोले बैठक केही बेर अवरूद्ध गरेका थिए।

प्रदेश २ मा १ सय ७ सांसद छन्।

प्रदेश नम्बर ५

बुटवल उद्योग वाणिज्य संघको सभाहलमा बसेको बैठकले फागुन २ गते सभामुखको निर्वाचन हुने निर्णय गरेको छ।

बैठकले सभामुख र उपसभामुख नहुँदा संसद सञ्चालनका लागि ५ सदस्यीय समिति गठन गरेको छ । समितिमा नेकपा एमालेका कमलराज श्रेष्ठ, नेकपा माओवादी केन्द्रका दधीराम न्यौपाने, नेपाली कांग्रेसका अष्टभूजा पाठक, सञ्तोष पाण्डे संघीय समाजवादी फोरम र राष्ट्रिय जनमोर्चाका तारा जिसी रहेका छन् ।

प्रदेशसभाको पहिलो बैठकलाई ज्येष्ठ सदस्य बलदेव शर्मा पोखरेलले सभामुखको हैसियतमा सञ्चालन गरेका थिए।

प्रदेश ५ मा ८७ जना सांसद छन्।

प्रदेश ६

प्रदेश नम्बर ६ को पहिलो प्रदेशसभा बैठक सकिएको छ।

सिंचाइ डिभिजन कार्यालयको सभाहलमा बसेको बैठकले सभामुखको निर्वाचन माघ २९ गते हुने निर्णय गरेको छ।

पहिलो बैठकको अध्यक्षता जेष्ठ सदस्य हिमबहादुर शाहीले गरेका हुन्।

प्रदेश ६ मा ४० जना सांसद छन्।

प्रदेश ७

प्रदेश नम्बर ७ को पहिलो प्रदेशसभा बैठक सकिएको छ।

धनगढीस्थित जिल्ला समन्वय समितिको कार्यालयमा बसेको बैठकले सभामुखको निर्वाचन माघ २९ गते हुने निर्णय गरेको छ।

पहिलो बैठकको अध्यक्षता जेष्ठ सदस्य दिव्यश्वरी शाहले गरेकी थिइन्।

प्रदेश ७ मा ५३ जना सांसद छन्।

Source: setopati.com

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.